728x90 AdSpace

  • Latest News

    Saturday, July 9, 2016

    यी घरेलु उपाय अपनाउनुहोस् ७ दिनमा नै शरिरका मुसा कोठि गाएब गर्नुहोस्

    काठमाण्डौ । आफू सुन्दर हुने हरेको मानिसको सहज स्वभाव हो । केही मानिसका छालामा मुसा वा कोठी आएर सुन्दरतामा प्रभाव परेको छ भने अझ विशेष गरी अनुहारमा मुसा वा कोठी आएमा नराम्रो देखिन्छ । मानिसको शरीरमा मुसा किन र के

    कारणले आउँछ ? मुसालाई अंग्रेजीमा वर्त् भनिन्छ । एजपीभी भन्ने एक किसिमको भाइरसको कारण यो छालामा मुसा पैदा हुने गर्दछ । मुसा विभिन्न प्रकारका हुन्छन् । औषधि खाने र औषधि दल्ने गरेमा मुसा सानो हुंदै गएर अन्तमा हट्नेछ । यस उपचार पद्धति बाहेक , चिस्याउने , इलेक्ट्रिक उपचार गर्ने , लेजर वा अपरेशन गर्ने तरिकाव्दारा पनि मुसा हटाउन सकिन्छ ।

    भर्खरै शरीरमा मुसा आएको देख्दा भिटामीन एलाई सोझै मुसा आएको छालामा दल्न सकिन्छ । यसो गरेमा मुसा हट्ने सम्भावना हुन्छ । अर्को उपाय होः भिटामिन सीलाई धुलो पारी पानीसंग मिलाएर लेदो जस्तो बनाई मुसा आएको छालामा दल्ने गरेमा मुसा हट्ने सम्भावना छ । तर जुनसुकै उपायव्दारा मुसा हटाउंदा चिकित्सकको सल्लाह अनुसार काम गर्न राम्रोहुन्छ । 

    मुसा कोठी हटाउनका लागि घरेलु उपायहरु :
     
    स्याउका भिनेगरप्रयोग गर्ने
     
    - स्याउको भिनेगर सबैभन्दा उपयोगि  प्राकृतिक उपाय हो । मुसाहटाउन यसको अचम्म खलको उपयोगिता छ । स्याउको भिनेगरलाई मुसा,कोठी आएको ठाउँमा लगाएमा चाँडै नै हराएर जान्छ । तर यो बिधि आँखा वरपर भने प्रयोग गर्नु हुँदैन । 

    स्याउको भिनेगरसँग मुसा, कोठि हटाउनको लागि अन्य विधि पनि प्रयोग गर्न सकिन्छ :-
    स्याउको भिनेगरसँग मुसा, कोठि हटाउनको लागि अन्य विधि पनि प्रयोग गर्न सकिन्छ :-
    - पानी र थोरै साबुनले मुसा आएको वरपर सफा गर्नुहोस् ।
    - १५ मिनेटपछि मुसामा टुतपेस्ट दलेर रगड्नुहोस् र १५ मिनेट त्यत्तिकै राख्नुहोस् । 
    - स्याउको भिनेगर कपासमा लिएर पुसेर संक्रमित ठाउँमा प्लास्टर या मज्जाले दब्बिने गरेर छोप्नुहोस् । 
    - १५ मिनेट पछि खोलेर पानीले सफा गर्नुहोस् । 
    - यो विधि दिनमा ३ पटक लगातार ७ दिन सम्म प्रयोग गर्नुहोस् हजुरको कोठि,मुसा सजिलै हराएर जानेछ ।

    • Blogger Comments
    • Facebook Comments

    0 comments:

    Post a Comment

    Item Reviewed: यी घरेलु उपाय अपनाउनुहोस् ७ दिनमा नै शरिरका मुसा कोठि गाएब गर्नुहोस् Rating: 5 Reviewed By: Unknown
    Scroll to Top