728x90 AdSpace

  • Latest News

    Saturday, July 9, 2016

    सेरेनाले जितिन् सातौं पटक विम्बल्डन

    असार २६ – विश्व नम्बर एक सेरेना विलियम्सले विम्बल्डन टेनिसको उपाधि जितेकी छन् । अमेरिकी सेरेनाले चौथो बरियताकी एन्जोली करबालाई हराएर सातौं पटक विम्बल्डन टेनिसको उपाधिजितेकी हुन् । 
    योसँगै ३४ वर्षकी सेरेनाले अहिलेसम्म २२ वटा ग्राण्ड सलाम उपाधि जितेकी छन् । उनले स्टेफी ग्राफको कीर्तिमानसँग बराबरी गरेकी छन् । ग्राफले पनि २२ वटा मुख्य उपाधि जितेकी थिइन् ।

    सेरेनाले एन्जोलीलाई ७–५ र ६–३ को सेटमा हराएकी हुन् । गएको जनवरीमा भएको अस्ट्रेलियन ओपनको फाइनलमा भने एन्जोलीले सेरेनालाई हराएकी थिइन्

    • Blogger Comments
    • Facebook Comments

    0 comments:

    Post a Comment

    Item Reviewed: सेरेनाले जितिन् सातौं पटक विम्बल्डन Rating: 5 Reviewed By: Unknown
    Scroll to Top