728x90 AdSpace

  • Latest News

    Tuesday, July 19, 2016

    मेस्सीलाई भेट्न समुद्रमा १ किलोमिटरसम्म पौडिएर पुगे एथ्लेटिकोका फ्यान

    काठमाडौं – अर्जेन्टिना र बार्सिलोनाका स्टार लियोनेल मेस्सी भनेपछि हुरुक्क नहुने फुटबल फ्यान कमै होलान् । बार्सिलोना मात्र होइन, विपक्षी टोलीका फ्यानहरु समेत मेस्सीको सम्मान गर्छन् ।

    यसको उदाहरण हालै मात्र देख्न पाइएको छ । स्पेनिस लिगमा बार्सिलोनाको प्रतिद्वन्द्वी एथ्लेटिको म्याड्रिडका एक फ्यान मेस्सीसँग भेट्नका लागि समुद्रमा १ किलोटिरसम्म पौडिएको समाचार आएको छ ।

    36693B1100000578-3697345-image-a-87_1468928119630

    बार्सिलोनाका स्टार यतिबेला इबिजामा छुट्टी मनाइरहेका छन् । छुट्टीकै क्रममा उनी त्यहाँको समुद्रको बीचमा एक याचमा बसिरहेका थिए । यो कुरा सुली नाम गरेका एक एथ्लेटिकोका फ्यानले थाहा पाए । सेउटा सहरका बासिन्दा २४ वर्षीय सुलीले त्यसपछि त्यहाँबाट एक किलोमिटरसम्म पौडेर मेस्सीको डुंगासम्म पुगे ।

    मेस्सीलाई भेट्न समुद्रमा हाम फाल्नअघि उनीसँग उनको साथी पनि थिए तर, उनी भने जान मानेनन् । त्यसपछि मोबाइललाई प्लास्टिकमा बेरेर गोजीमा हाले अनि समुद्रमा एक्लै हाम फाले । एक किलोमिटर पौडेपछि उनी मेस्सी भएको ठाउँमा पुगे ।
    यसरी अचानक कोही व्यक्ति उनको डुंगा नजिकै पुग्दा मेस्सी पनि छक्क परे । तर, उनले ती फ्यानको स्वागत गरे । उनलाई जुस अफर गरे र २० मिनेटसम्म भलाकुसारी गरे । त्यसपछि उनलाई अर्को स्पिड बोटमा किनारसम्म सुरक्षित छाड्ने प्रबन्ध गरे ।
    स्पेनिस डेली मुन्डोसँग कुरा गर्दै सुलीले मेस्सीसँग फोटो खिच्न खोज्दा आफ्नो मोबाइल पानीले भिजेर बिग्रेको र मेस्सीले डुंगाका कर्मचारीलाई फोटो खिच्न लगाएर पछि फोटो पठाइदिएको किस्सा समेत सुनाए ।

    त्यही रात त्यहीँको एक नाइट क्लबमा क्रिस्टियानो रोनाल्डो पनि पुगेको तर उनलाई भने भेट्न नपाएको उनले बताए

    • Blogger Comments
    • Facebook Comments

    0 comments:

    Post a Comment

    Item Reviewed: मेस्सीलाई भेट्न समुद्रमा १ किलोमिटरसम्म पौडिएर पुगे एथ्लेटिकोका फ्यान Rating: 5 Reviewed By: Unknown
    Scroll to Top