728x90 AdSpace

  • Latest News

    Tuesday, July 19, 2016

    जेल सजाय पाएका १६ नेपाली मलेसियाबाट फर्किए ।

    काठमाडौं, ४ साउन । मलेसियामा बिभिन्न अभियोगमा जेल सजायँ पाएका १६ जना नेपालीहरु मंगलबार स्वदेश फर्किएका छन् । जेलबाट मुक्त भएपछि पनि घर फर्किने भाडा नभएर समस्यामा परेकाहरुलाई मलेसियास्थित दूतावासले निःशुल्क नेपाल फर्काइदिएको हो ।स्वदेश फर्किएका सबै नेपालीहरुलाई दूतावासले निःशुल्क टिकटको व्यवस्था गरिदिएको थियो ।

    दूतावासबाट जारी विज्ञप्ति अनुसार उनीहरु सबैलाई नेपाल एयर लाइन्सको उडान नं. ५१३ मार्फत नेपाल फर्काइएको हो ।

    मलेसियामा अवैध तरिकाले काम गरेको आरोपमा जेल सजाय पाई सजायँसमेत भुक्तान गसिकेका नेपालीहरु घर फर्किने प्लेन भाडा नहुँदा घर फिर्ती केन्द्रहरुमा बसिरहेका छन् । उनीहरु सबैलाई नेपाल फर्काउने क्रम जारी छ र हालसम्म ६१२ जनालाई निःशुल्क घर पठाइसकेको दूतावासबाट जारी विज्ञप्तिमा उल्लेख छ ।

    हेर्नुहोस् मलेसियाबाट घर फर्किएकाहरुको सूची
    1

    • Blogger Comments
    • Facebook Comments

    0 comments:

    Post a Comment

    Item Reviewed: जेल सजाय पाएका १६ नेपाली मलेसियाबाट फर्किए । Rating: 5 Reviewed By: Unknown
    Scroll to Top