728x90 AdSpace

  • Latest News

    Thursday, July 21, 2016

    ‘संसदीय खेल समाप्त गर्न प्रत्यक्ष निर्वाचित राष्ट्रपति'

    बर्दिवासः नयाँ शक्ति पार्टीका संयोजक डा बाबुराम भट्टराईले सत्ताको खेल समाप्त गर्न प्रत्यक्ष निर्वाचित राष्ट्रपति चाहिने बताएका छन्। 

    संविधान घोषणा नेपालको राजनीतिक इतिहासमा ऐतिहासिक फड्को भए पनि संविधानले परम्परागत संसदीय पद्धति अँगालेकाले सरकार बनाउने र ढाल्ने खेल चलेको भट्टराईको भनाइ छ।

    संसदीय अभ्यासमा स्थिर सरकार  बन्न नसक्ने बताउदै उनले भने, ‘यसलाई सच्याउन संसद्लाई समानुपातिक प्रतिनिधित्वको बनाउने र प्रत्यक्ष निर्वाचित राष्ट्रपति हुने व्यवस्था संविधान संशोधन गर्न सके संविधान विश्वकै उत्कृष्ट बन्छ।' 

    महोत्तरीको बर्दिबासमा बिहीबार पार्टीको क्षेत्रीय कार्यालय उद्घाटन गर्दै डा भट्टराईले राजनीतिक अधिकार प्राप्तिका बाँकी कुरा यसै संविधानबाट सम्भव भएको बताए।

    संविधान निर्माण र घोषणा लोकतान्त्रिक विधिबाट हुँदाहुँदै पनि यसले मधेस र आदिवासी जनजातिका माग समेट्न नसक्दा अपूर्ण भएको बताउँदै यसको सम्बोधन पनि संशोधनबाटै सम्भव रहेको उनले बताएका छन्। 
    Annapurna post 

    • Blogger Comments
    • Facebook Comments

    0 comments:

    Post a Comment

    Item Reviewed: ‘संसदीय खेल समाप्त गर्न प्रत्यक्ष निर्वाचित राष्ट्रपति' Rating: 5 Reviewed By: Unknown
    Scroll to Top