728x90 AdSpace

  • Latest News

    Thursday, July 21, 2016

    हवाईजहाज कुर्दाकुर्दै दुई सुत्केरी

    दुनै (डोल्पा), ६ साउन । डोल्पामा यातायातको एकमात्र साधनका रुपमा रहेको जुफाल विमानस्थलमा हवाईजहाज कुर्दाकुर्दै दुई महिला सुत्केरी भएका छन् ।

    सुरक्षित प्रसूति गराउन जिल्ला बाहिर जानलाई हवाईजहाज पर्खे पनि मौसम गडबडीका कारण पाँच दिनदेखि डोल्पामा उडान नभएपछि सुत्केरी भएको तारा एयर डोल्पाका कर्मचारी लंक भण्डारीले जानकारी दिनुभयो ।

    सुत्केरी हुनेमा विमानस्थल सुरक्षामा खटिएकी महिला प्रहरी बाँके जिल्ला राप्तीपारिकी जुगेनी चौधरी र डोल्पा त्रिपुराकोट घर भई बाँके जिल्लामा बिहे गरेकी सीता थापा रहेको बताइएको छ ।

    थापालाई ३ गते सुरक्षित प्रसूति गर्न नेपालगन्ज लैजानका लागि विमानस्थल ल्याए पनि उडान नभएपछि फर्काइएको उनका श्रीमान्ले बताए । उनको ४ गते सुरक्षित प्रसूतिपछि छोरा जन्मिएको श्रीमान्ले बताए ।

    यदि स्वास्थ्य अवस्था गम्भीर भए प्लेन कुर्दै ज्यान जाने थियो, दुर्गम भनेको यस्तै हुँदोरैछ उनका श्रीमान्ले भने ।

    चौधरीले पनि नेपालगन्ज जानका लागि चार दिनदेखि हवाईजहाज पर्खिए पनि उडान नभएपछि बिहीबार डोल्पामै प्रसूति भएको बताइएको छ ।

    मौसम खराबीका कारण आज पनि डोल्पामा उडान हुन नसकेको विमानस्थलले जनाएको छ ।

    डोल्पामा यातायातको अभावमा हवाईजहाजको पर्खाइमा बर्सेनि सर्वसाधारणले ज्यान गुमाउनुपर्ने बाध्यता रहेको स्थानीयवासी लोकेश खत्रीले बताउनुभयो । 

    • Blogger Comments
    • Facebook Comments

    0 comments:

    Post a Comment

    Item Reviewed: हवाईजहाज कुर्दाकुर्दै दुई सुत्केरी Rating: 5 Reviewed By: Unknown
    Scroll to Top