728x90 AdSpace

  • Latest News

    Thursday, July 7, 2016

    यि हुन युरो कपमा धेरै गोल गर्ने खेलाडी


    असार २४ – युरो कप फुटबलमा अहिलेसम्मकै धेरै गोल गर्नेको सुचिमा क्रिस्टियानो रोनाल्डो र मिचेल प्लाटिनीको नाम अग्रस्थानमा छ । दुबैले युरो कपमा नौ/नौ गोल गरेका छन् ।

    प्लाटिनी सन् १९८७ मै सन्यास लिइसकेका चर्चित फ्रेन्च फुटबलर हुन । 
    यस्तै पोर्चुगलका रोनाल्डो जारी युरो कपमा पनि आफ्नो चमक देखाइरहेका छन् । उनले आइतबार हुने फ्रान्ससँगको फाइनल खेलमा गोल गरे प्लाटिनीलाई उछिन्ने छन् । 
    जारी युरो कपमा ६ गोल गरिसकेका फ्रान्सका स्ट्राइकर ग्रिजम्यान पनि सर्वाधिक गोल गर्नेमा चौथो नम्बरमा छन् । उनले बिहीबार राति जर्मनबिरुद्ध दुई गोल गरेर फ्रान्सलाई जित दिलाएका थिए ।

    युरो कपका सर्वाधिक गोल कर्ता

    क्रिस्टियानो रोनाल्डो, ९ गोल , पोर्चुगल
    मिचेल प्लाटिनी, ९ गोल , फ्रान्स
    एलन शियरर, ७ गोल, इंग्ल्याण्ड
    एन्टोनी ग्रिजम्यान, ६ गोल, फ्रान्स
    वायन रुनी, ६ गोल, इंग्ल्याण्ड
    जाल्टन इर्भाहिमोभिच, ६ गोल, स्वीडेन
    थियरी हेनरी, ६ गोल, फ्रान्स
    प्याट्रिक क्ल्वीभर्ट, ६ गोल, नेदरल्याण्डस्
    नुनो गोमेज, ६ गोल, पोर्चुगल
    रुड भ्यान निस्टेलरोय, ६ गोल, नेदरल्याण्डस् 

    • Blogger Comments
    • Facebook Comments

    0 comments:

    Post a Comment

    Item Reviewed: यि हुन युरो कपमा धेरै गोल गर्ने खेलाडी Rating: 5 Reviewed By: Unknown
    Scroll to Top