728x90 AdSpace

  • Latest News

    Wednesday, July 20, 2016

    भ्रमण रकम फिर्ता गरि पुनर्वासका महिलाहरु द्वारा स्वास्थ्य सिविर


    पुनर्वास 
     महिला लक्षित बजेटमा भ्रमण खर्चबाट केही रकम कटौती गरि आन्दोलित महिलाहरुद्वारा गत असार ३१ गते एक दिने स्वास्थ्य सिविर संचालन सन्चालन भयो । पुनर्वासका संजाल तथा संजाल बाहिरका सम्पुर्ण महिलाहरुले बजेट फिर्ता गराउन चर्को दबाब दिँदै आन्दोलन गरेका थिए। अन्ततः नगरपालिकाले भ्रमण रकम बाट केही रकम कट्टी गरि,  १ लाख रकम फिर्ता गरेको थियो । सोही रकमले सो दिन पुनर्वासको साबिक परासन स्वास्थचौकीमा महिलाहरुलाई पाठेघर खस्ने सम्बन्धि बिमारीका लागि कैलाली अस्पतालबाट महिला रोग विशेषज्ञ डाक्टर अन्जना शर्मालाई ल्याइएको थियो भने निशुल्क चेकजाँच तथा निशुल्क औषधि बितरण गरियो ।  महिला समूह तथा पुनर्वास बिकाश मंचको आयोजनाको आयोजनामा कार्यक्रम सम्पन्न भएको थियो ।  संचालक समितिमा  अध्यक्ष हरिकला सुवेदी, उपाध्यक्ष देवि लोहनी  सचीव बसन्ती पौडेल सह सचीव भगवती रेग्मी
    कोषाध्यक्ष लक्ष्मी लम्साल, सदस्य शुकमाया मोक्तान , कल्पना श्रेष्ठ, राधिका कोइराला , हरिकला खनिया, राधिका कोइराला २, लक्ष्मी सापकोटा , चमेली तामाङ, मेनुका उप्रेती, गिता साही को पूरा टिमले काम गरिरहेको थियो। परासनका स्वास्थ स्वयंसेवीकाहरुमा  टीका काफ्ले, जयन्ती महरा, चन्द्रकला कठायत कार्यक्रममा खटिरहेको देखिन्थ्यो । त्रिभुवनबस्ती स्वस्थ्य चोकीकि कल्पना पौडेलले पनि साथ दिनु भएको थियो। सिविरमा दर्ता १६३ जनाको भएको थियो भने चेकजाँच १२५ जनाको भयो । पाठेघरमा रिङ १२ जनाको राखियो भने १५ जनालाई धनगढी रिफर गरिएको अध्यक्ष हरिकला सुवेदीले नागरिक आवाजलाई जानकारी गराउनु भयो। आफूहरुले पुनर्वासका हरेक कुनामा रहेका महिलाहरुको समस्यालाई बुझेकाले भ्रमण रकम फिर्ता गराइ गरिब र असाहाय महिलाहरुलाई हुने एक जटिल समस्या पाठेघर सम्बन्धि सिविर राखेकोमा खुशी महशुस भएको शुकमाया मोक्तानले नागरिक आवाजलाई जानकारी गराउनु भयो । आगामी बर्षहरुमा पनि महिला लक्षित बजेटमा यस्तै यस्तै सिविरहरु राखिने समुहकी कोषाध्यक्ष लक्ष्मी लम्सालले बताउनु भयो । बिपन्नवर्गका महिलाहरुलाई मध्यनजर गर्दै यस्ता सिविरहरु राखिनुपर्छ । समितिकि उपाध्यक्ष देवि लोहनीले बताउनु भयो।

    • Blogger Comments
    • Facebook Comments

    0 comments:

    Post a Comment

    Item Reviewed: भ्रमण रकम फिर्ता गरि पुनर्वासका महिलाहरु द्वारा स्वास्थ्य सिविर Rating: 5 Reviewed By: Unknown
    Scroll to Top