728x90 AdSpace

  • Latest News

    Wednesday, July 20, 2016

    गल्ती सरकारी कर्मचारीको, जरिवानामा सेवाग्राही


    पुनर्वास, ०५ 

          नेपालको कानुन दैवले जानुन भन्ने त उखान नै छ । नेपालमा गल्ती सरकारी कर्मचारी गर्छन अनि जरिवाना सेवाग्राहीलाई लगाउने गरिन्छ । सजिलै हुने काममा पनि खुलेयाम घुस माग्छन सरकार कर्मचारी आखिर कहिलेसम्म ? सरकारी तलब खाएर जनताको सेवामा भन्दा सेवाग्राहीलाई सिकार सम्झने कर्मचारीहरुले नै देशलाई लुटिरहेका छन भन्दा फरक नपर्ला । प्रसंग हो, पुनर्वास -८ घ गाउँ का घनश्याम पौडेलका कान्छा छोरा माधव पौडेलको ४५ दिन अधि पासपोर्टको फारम भरेर आएका माधव आज ४५ दिन पछि पासपोर्ट लिन जब जिल्ला पुगे तब उनको पासपोर्टमा नागरिकता नम्बर गलत रहेको थाहा भयो । किन यस्तो भयो भनेर सोध्दा मलाई थाहा छैन अब काठमाडौ गएर ५ हजार दस्तुर तिरेर अर्को लिनुस भन्ने उत्तर उनले पाए । पहिले नै राजस्व बुझाएर बनाएको पासपोर्ट बिगारिदिएर सम्बन्धित निकायबाट पाएको जवाफले एकछिन त अलमलमा परे । कहाँ जांउ कस्लाइ गुनासो सुनाउ केहि सोच्न नसकेको उनी बताउछन । कति सम्म बिडम्बना सरकारी कर्मचारीको लापरबाहीले सेवाग्राहीलाई कष्ट । जय होस नेपाल सरकारको ।

    • Blogger Comments
    • Facebook Comments

    0 comments:

    Post a Comment

    Item Reviewed: गल्ती सरकारी कर्मचारीको, जरिवानामा सेवाग्राही Rating: 5 Reviewed By: Unknown
    Scroll to Top