728x90 AdSpace

  • Latest News

    Tuesday, July 19, 2016

    लर्ड्समा जितपछि कप्तान पारसले के भने ?

    काठमाडौं, साउन ५ – लर्ड्समा भएको खेलमा नेपाली टोलीले विश्वकै पुरानो मेरिलिबोन क्रिकेट क्लबएमसिसीलाई ४१ रनले हराउँदा रंगशाला नेपाली दर्शकको हुटिङले गुन्जियो । 
    १० पाउण्ड स्टर्लिङ अर्थात झण्डै १४ सय नेपाली रुपैयाँको टिकट किनेर रंगशालमा नेपाली जर्सीसहित पुगेका झण्डै पाँच हजार दर्शकले लर्ड्सको डेब्यु खेलमा टोलीलाई हरेक बल, रन र विकेटमा हुटिङले साथ दिए ।

    जितपछि नेपालका कप्तान पारस खड्काले भने ‘हाम्रा खेलाडी निकै उत्साहित थिए र केही नर्भस पनि । लर्ड्समा खेल्न पाउनु त्यती सजिलो र सबैका लागि मिल्दैन भन्ने पनि हामीलाई थाहा थियो, त्यही अनुसार यो अवसरलाई स्मरणीय बनाउन चाहन्थ्यौं ।’

    नेपालको जितमा सबैको भूमिका महत्वपूर्ण रहेको उनले बताए । खड्काले भने ‘समग्रमा लर्ड्सको खेल निकै राम्रो रह्यो, ब्याटिङ राम्रै भएपनि हामी २० देखि ३० रन कमको अवस्थामा थियौं । तर विकेट लिन कठिन भएपनि बलरले त्यो कठिनाई पार गरेर र हामीले जित्न सक्यौं ।’

    गएको वर्ष नेपाली टोलीको प्रशिक्षकबाट मुक्त भएका पुबुदु दसानायके पनि लर्ड्स मैदानमा थिए । यो खेलका लागि दसानायकेले नेपाली टोलीलाई सहयोग गरेका थिए ।

    उनले भने ‘नेपाली खेलाडीले गरेको मेहनत अनुसार उनीहरु यो जितका लागि योग्य थिए । उनीहरु यहाँ आएर खेल्नका लागि पनि योग्य थिए भन्ने जितले प्रमाणित गरेको छ । यी खेलाडीले जहिले पनि संघर्ष गरिरहेका छन् ।उज्यालो ९०नेटवर्क ’

    • Blogger Comments
    • Facebook Comments

    0 comments:

    Post a Comment

    Item Reviewed: लर्ड्समा जितपछि कप्तान पारसले के भने ? Rating: 5 Reviewed By: Unknown
    Scroll to Top