728x90 AdSpace

  • Latest News

    Tuesday, July 19, 2016

    अधिकारकर्मी महिलाको किन आफ्नै घर भाँडिन्छ ? डा.रेणु राजभण्डारीको दोस्रो घरजम पनि ध्वस्त

    renuकाठमाण्डु, ५ साउन– पतिले छोरीसँग ‘गर्न नहुने’ व्यवहार गरेको आरोपसाथ अधिकारकर्मी डा.रेणु राजभण्डारीको पारिवारिक सम्बन्ध टुटेको छ । पति डा.विनायक राजभण्डारीले रेणुका पहिलो पतितर्फकी छोरीमाथि यौनजन्य खुव्र्यवहार गरेको आरोप अनले लागाउने गरेकी छन् ।

    आजकाल उनी छोरीको स्याहार गर्दै अमेरिकामा बस्छिन् । रेणुका पहिला पति गिरी थरका हुन् । उनीसँग सम्बन्ध बिच्टेदसँगै बालबच्चा आफ्नो साथमा ल्याएकी थिइन् । आफ्नै बच्चासरह स्याहार्ने बाचा गरेका डा.विनायक बूढेसकाल लाग्न थालेपछि बाचा तोडेको र बाचासँगै सम्बन्ध पनि तोडिएको रेणुले बताउने गरेकी छन् ।

    अध्ययनका लागि अमेरिका गएकी छोरी मानसिक रुपमा तनावयुक्त देखिएपछि त्यहाँका केटा साथीले रेणुलाई छोरीको अवस्था चिन्ताजनक रहेको सुनाए । बुबाका कारण आफू यो स्थितिमा पुगेको सुनाएपछि रेणु झस्किएकी थिइन् । यो कुरा सुनाएपछि विनायक झन् मर्माहित भए । उनले आरोप स्वीकारेनन् ।
    जसो भने पनि रेणुले सुनेकै कुरा पत्याएर निर्णय लिने स्थिति बनेपछि पतिले आत्महत्या प्रयास गरे । तर, समयमै उद्धार गरी अस्पताल लगिएका विनायकको ज्यान सुरक्षित रह्यो । अहिले विनायक आफूतिरबाट जन्मिएका छोरा स्याहारेर बसेका छन् । पत्नीले लगाएको आरोप कपोकल्पित भएको उनले साथीभाइसँग बताउने गरेका छन् । बेचबिखनमा गरेका चेलिबेटिको उद्दार तथा पुनसर्थापना कार्यका सक्रिय शक्ति समुहकी कार्यकारी निर्देशक चरिमाया तामाङचाहिं पतिबाट भएको यौनजन्य हिँसाबाट आजित भएर अलग्गिएकी छन् ।

    चरिमाया आफैँ पनि आफन्तबाट बेचिएर भारतमा नारकिय जिवन बिताएकी महिला हुन् । त्यहाँबाट उद्धार गरिएर नेपाल आएपछि आफूभन्दा पीडित चेलिबेटिको उद्धार र पुनस्र्थापनाको काममा उनी सक्रिय छिन्, शक्ति समूहमार्फत । उनको यस्तो साहसिक कार्य देखेर सिन्धुपाल्चोककै शंकर तामाङले जिवनभर आथ दिने कसम खाए । तर, चरिमायाको जीवनमा शंकरले चौथाई यात्रामा पनि साथ दिएनन् । बरु साथ दिनुको सट्टा यहाँ लेख्न नमिल्ने ‘र..’, ‘बे…’ जस्ता शब्दहरु प्रयोग गर्दै सार्वजनिक स्थलमै कुटपिट र दुरव्यवहार गर्न थाले ।

    यो दाम्पत्यमा दुई सन्तान जन्मिएका छन् । अहिले पतिसँग अलग भएकी चरिमाया दुई सन्तानको हेरचाह आफैँ गर्दैछिन् । बच्चाहरु होस्टेलमा राखेर आफू सामाजिक काममै व्यस्त छिन् । –जनआस्था साप्ताहिकबाट

    • Blogger Comments
    • Facebook Comments

    0 comments:

    Post a Comment

    Item Reviewed: अधिकारकर्मी महिलाको किन आफ्नै घर भाँडिन्छ ? डा.रेणु राजभण्डारीको दोस्रो घरजम पनि ध्वस्त Rating: 5 Reviewed By: Unknown
    Scroll to Top