728x90 AdSpace

  • Latest News

    Saturday, July 9, 2016

    चिनियाँ सुरक्षा टोली अचानक काठमाडौंमा !

    China-Flag

    २६ असार, काठमाडौं । नेपाल र चीनबीच रहेको व्यापारिक सीमानाका बन्द भएपछि दुवै देशका उच्चसुरक्षा अधिकारी गोप्य छलफलमा जुटेका छन् ।

    प्राकृतिक प्रकोप र सुरक्षा संवेदनशिलतालाई प्रमुख कारण देखाउँदैबन्द भएका तातोपानी खासा, रसुवागढी र मुस्ताङको कोरला नाका सुचारु गर्ने लगातयका विषयमा छलफलगर्न चिनियाँ सुरक्षा अधिकारी काठमाडों आइपुगेका हुन् ।

    औपचारिक छलफल र भेटघाटको तालिका नै तय नभई भएको चिनियाँ सुरक्षा अधिकारीहरुको नेपाल आगमनलाई अर्थपूर्ण रुपमा हेरिएको आजको कारोबार दैनिकले जनाएको छ ।

    जनमुक्ति सेनाका मेजर जनरल फु पेङ नेतृत्वको चिनियाँ टोली शनिबार अपरान्ह काठमाडों आइपुगेको हो ।  बुधबारसम्म नेपालमै रहने भ्रमण टोलीले नेपालका सुरक्षा अधिकारीसँग अनौपचारिक छलफल गर्नेछ ।

    गृहसचिव नारायणगोपाल मलेगोसहितका सुरक्षा अधिकारीसँग उनीहरुको छलफल हुने जनाइएको छ ।  नेपाल चीन व्यापारिक नाका सुचारु गर्ने, सीमा अपराध नियान्त्रण गर्ने र एक चीन नीतिविरुद्धका गतिविधि नियन्त्रण गर्ने लगायतका बिषयमा छलफल हुने गृहमन्त्रालयल श्रोतले जनाएको छ ।

    यसअघि बिहिबार तीन उपप्रधानमन्त्रीहरुले चीनसँग सीमा जोडिएको कोरला नाका अवलोकन गरेका थिए

    • Blogger Comments
    • Facebook Comments

    0 comments:

    Post a Comment

    Item Reviewed: चिनियाँ सुरक्षा टोली अचानक काठमाडौंमा ! Rating: 5 Reviewed By: Unknown
    Scroll to Top