काठमाण्डु, ६ साउन– सभामुख ओनसरी घर्तीको कार्यकक्षमा भएको शीर्ष नेताहरुको छलफल बिनानिस्कर्ष टुंगिएको छ ।
सत्तारुढ दल एमालेले संसदमा पहलिे आश्रित विद्येयकबारे छलफल गर्नुपर्ने र विपक्षीले अविश्वासको प्रस्तावमाथि छलफल हुनुपर्ने पहिलेकै अडान लिएपछि सभामुखको पहलमा भएको छलफल बनिाविस्कर्ष टुंगिएको हो ।
छलफलमा कुनै निस्कर्ष ननिस्किएपछि संसदको बैठक ३ घण्टाका लागि स्थगित भएको छ । बिहीबार बिहान ११ बजे बस्ने भनिएको बैठक दिउँसो २ बजेसम्मका लागि स्थगित भएको हो ।
दिउँसो १ बजे शीर्ष नेताहरुले सहमितका लागि सभामुखसँग छलफल गर्ने भएका छन् । त्यसअघि दलहरुले आन्तरिक छलफ गर्ने बुझिएको छ ।
0 comments:
Post a Comment