728x90 AdSpace

  • Latest News

    Saturday, July 9, 2016

    यस्तो छ नेपालमा अन्त कतै नभएको सात लाख खर्च गरेर अफ्रिकाबाट ल्याइएको बाख्रा

    भद्रपुर : झापा गोलधाप गाविसस्थित स्थानीय युवक गणेश पराजुलीले सञ्चालन गरेको प्रगति बोयर बाख्रापालन फार्ममा दक्षिण अफ्रिकाबाट रु सात लाख नौ हजार खर्च गरेर ल्याइएका दुई थान बोयर बाख्रा भेटिएका छन्।


    दैनिक ३०० देखि ४०० ग्राम तौल बढ्ने सो बोयर बाख्रा नेपालमा कहीँ पनि नभएकाले विदेशबाट मगाएको पराजुलीले जानकारी दिए। उनका अनुसार लगभग दुई महिना पहिले ल्याइएका ती बाख्रालाई यहाँ अनुकूल वातावरण नभए पनि बिस्तारै अनुकूल हुँदै गएको र यसबाट उत्पादन लागत र समय कम खर्च हुने तर उत्पादन बढी भई प्रशस्त आम्दानी गर्न सकिने छ।

    ​जिल्ला पशुसेवा कार्यालय झापाले चालु आवमा जिल्लाभरिमा युवा लक्षित कार्यक्रम अन्तर्गत रु ६७ लाख अनुदान वितरण गरेको छ । पशुपालन, बाख्रापालन, बङ्गुरपालन र पशुपक्षी बजार प्रवर्द्धन गर्न सो अनुदान वितरण गरिएको हो । एक फर्मलाई रु दुई लाखदेखि रु तीन लाखसम्म अनुदान दिइएको थियो। राससpahilo post 
    • Blogger Comments
    • Facebook Comments

    0 comments:

    Post a Comment

    Item Reviewed: यस्तो छ नेपालमा अन्त कतै नभएको सात लाख खर्च गरेर अफ्रिकाबाट ल्याइएको बाख्रा Rating: 5 Reviewed By: Unknown
    Scroll to Top