728x90 AdSpace

  • Latest News

    Saturday, July 9, 2016

    मेस्सीलाई साथ दिन समर्थकसँग बार्सिलोनाको आग्रह

    स्पेनिस क्लब बार्सिलोनाले स्ट्राइकर लियोनल मेस्सीलाई साथ दिन समर्थकसँग आग्रह गरेको छ।

    स्पेनको एक अदालतले कर छलीको आरोपमा मेस्सी र उनका बुवालाई २१ महिनाको जेल सजाय सुनाएपछि बार्सिलोनाले त्यस विरुद्ध अभियान सुरु गर्दै मेस्सीको पक्षमा उभिन समर्थकसँग आग्रह गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।

    सन् २००७ देखि २००९ को बिचमा ४१ लाख युरो कर छली गरेको आरोपमा स्पेनको अदालतले मेस्सी र उनका बुवालाई २१ महिने जेल सजाय तोकेको थियो।

    उनीहरूले अदालतको फैसला विरुद्ध सर्वोच्च अदालतमा अपिल गर्ने बताइसकेका छन्।

    यसैबीच बार्सिलोनाले आफ्ना समर्थकलाई बिना शर्त मेस्सीलाई सहयोग गर्न आग्रह गर्दै अभियानै चलाएको छ।

    ‘वि आर अल लियो मेस्सी’ ह्यासट्याग मार्फत बार्सिलोनाले आफ्नो ट्वीटर एकाउन्टबाट अभियान सुरु गरेको हो।

    बार्सिलोनाले क्लबका सबै सदस्य, सहयोगी क्लब, समर्थक, खेलाडी, सञ्चार माध्यमसहित सबैलाई अभियानमा सहभागी हुन आग्रह गर्दै मेसीलाई उनी एक्लै छैनन् भनेको छ।


    • Blogger Comments
    • Facebook Comments

    0 comments:

    Post a Comment

    Item Reviewed: मेस्सीलाई साथ दिन समर्थकसँग बार्सिलोनाको आग्रह Rating: 5 Reviewed By: Unknown
    Scroll to Top