काठमाण्डु, २६ असार– पन्ध्र वर्षपछि नयाँ आर्थिक वर्ष सुरु हुनुअगावै संसदले विनियोजना विधेयक पारित गरेको छ ।
संसदले आगामी आर्थिक वर्ष २०७३/०७४ का लागि सरकारले पेस गरेको विनियोजन विधेयक शनिबार पारित गरेको छ । पूर्णरुपमा बजेट पारित हुन आवश्यक पर्ने अर्थ विधेयक र राष्ट्र ऋण उठाउने विधेयक पनि यसै साता पारित हुने निश्चित छ । पारित बिनियोजन विधेयकले सरकारलाई खर्च गर्ने अधिकार दिएकोले राजनीति अर्थमा यसलाई बजेटै पारित भएको रुपमा बुझन् सकिन्छ । कान्तिपुर दैनिकबाट
0 comments:
Post a Comment