अस्ताइन पशुपतिदेवी, आफ्नो जमिन आफ्नो भन्न नपाउदै।
पुनर्वास, भनिन्छ दैव पनि बेसहारालाई नै लाग्छ, २०२८ सालमा नेपाल सरकारले जग्गाधनी पुर्जा दिए देखि उपभोग गर्दै आएको आफ्नो जमिन बिगत केहि बर्ष देखि भारतले कब्जा गर्यो। प्रसंग हो पुनपा १ बेलौरीका स्वर्गीय भिम बहादुर सुनारको भिम बहादुर सुनार उक्त जमिन भारतबाट छुटाउन धेरै दौडधुप गर्नुभयो। त्यही जमिनको पुर्जा कृषिबिकाश बैंकमा राखेर ऋण लिनुभएको थियो। अहिले जमीन भारतको कब्जामा, पुर्जा कृषि बिकाश बैंकको कब्जामा छ ! बैंकबाट निकालिएको पैसा जिल्ला धाँउदा मै सकियो । त्यसैको पिरमा रहेका भिम बहादुर ठुलै रोगको शिकार हुन पुगेको अनुमान गरियो, तर उनले पत्ता समेत लगाउन सकेनन उनलाई के रोग लागेको थियो । उपचार गराउने न त पैसा छ न त बेच्ने कुनै सम्पत्ति ! भएको सम्पत्ति सबै भारतले कब्जा गर्यो। बचेको अलिकति जमिनमा सानो खर(माटोको झुपडी छ। २ बर्ष अघि उपचार गराउने पैसाको अभावमा श्रीमानको मृत्यु भयो। अहिले तिनै पशुपतिदेविको पनि सपना अधुरै रहयो, अधुरो सपना लिएर मृत्युको सामाना गर्नु पर्यो । आर्थिक अभावमा उपचार समेत गराउन पाइनन । आफ्नो जमिन आफ्नो भन्न पाउने दिनको अपेक्षामा रहेकी पशुपतिदेविको समाचार हामीले सम्प्रेषण गरेपछि रासस हुँदै व्यापक त भयो तर उनको त्यो घाउमा मलमपट्टि लगाउने कोहि भएन।
यो सत्यकथा हो पुनर्वासनगरपालिका -८ आनन्द बजारको छेउमा रहेको बैलौरी नगरपालिका -१ फटैया बस्ने स्व. भिम बहादुर सुनार र उनकि स्व. पत्नी पशुपति देवि सुनारको । यो परिवार लगायत यहाँका अरु यस्तै समस्या भोगिरहेका पीडितहरुलाइ हेर्दा लाग्छ, हामी संसारको कुनै यस्तो देशमा छौं जहाँ कहिलै न्याय पाइदैन कुनै सरकार छैन।
नेपाल सरकारले २०२८ ताका बस्ती बसाल्दा दिएको १ बिगाह ६ कठ्ठा जमिन भारतको कब्जामा छ। बोलिदिने कोहि छैन यस्तो लाग्छ यो देशमा सरकार छैन, सरकार छैन भनौं भने प्रत्येक बर्ष मालपोत लिन्छ, उहाँले नागरिकआवाजसंगको अन्तर्वार्तामा भन्नूभएको थियो ।
जेठो छोरा प्रेम बहादुर सुनारले पनि स्थानीय नेता तथा बुद्धिजीवीहरुलाई आफ्नो समस्याबारे कुरा उठाइदिन पटकपटक पहल गरेको तर सुनुवाइ नभएको बताउनु हुन्छ।
पशुपतिदेविका जेठा छोरा प्रेम बहादुर सुनारले अब उक्त जमिन नेपाल सरकारले आफूहरुलाई फर्काइदेला भन्ने आश समेत मार्नुपर्ने अवस्थाको सृजना भएको बताउनु हुन्छ। बेलाबेलामा टेलिभिजन र पत्रपत्रिकामार्फत यो भारतले कब्जा गरेको जमिनको प्रसंग नउठाइएको पनि होईन। तर नेपालसरकार न त सुन्छ न त केहि गर्छ त्यहीँ जमिन भारतले कब्जा गरेदेखि बुवालाई चिन्तै चिन्ताले लग्यो! अब अहिले आमा पनि उपचारको अभावमा बित्नुभयो । उपचार गर्ने पैसो पनि भएन ।
हुन पनि सरकारले धनीहरुलाई धन कमाए बापत कर ठोकेर लगाउँछ। तर जति सुकै गरीब किन नहोस, खै सरकारी राहत गरिबलाई ? राहत त परै जावस आफ्नो भएको जमिन समेत छुटाइदिन खोज्दैन यो लाचार सरकार।
भारतीय प्रहरी एसएसबि र भारतीय जंगलका अधिकारीहरुले नेपाली जग्गा धनी प्रमाण पुर्जा भएको जमिनमा जोतखन गर्न हस्तक्षेप गर्दा समेत बोल्दैन नेपाली प्रसाशन । आखिर कहिले हुने नेपाली भुमि नेपालमा, कति पुस्तामा फिर्ता गराउने आफ्नो भुमि ? आखिर कहिलेसम्म सहने भारतीय ज्यादती? यस्ता गुम्सिएका असाहायहरुको पीडा कहिले सुनुवाइ हुने हो । जनजनको प्रष्ट ।

0 comments:
Post a Comment