728x90 AdSpace

  • Latest News

    Monday, July 11, 2016

    भानुजयन्ती मनाउन भारतका राष्ट्रपति प्रणव मुखर्जी दार्जिलिङ पुग्दैछन्

    इलाम, २८ असार– नेपालीभाषी बाहुल्य रहेको भारत, दार्जिलिङमा बुधबार २ सय २ औं भानुजयन्ती मनाइँदैछ । नेपाली भाषाका आदिकवि भानुभक्त आचार्यको जन्मजयन्ती मनाउन भारतीय राष्ट्रपति प्रणव मुखर्जीसमेत दार्जिलिङको पहाड उक्लिदैछन् ।

    केन्द्रीय कृषिमन्त्री एसएस अहलुवालिया, पश्चिम बंगाल राज्यकी मुख्यमन्त्री ममता बेनर्जी, राज्यापल गभर्नर केशरीनाथ त्रिपाठी, गोर्खा टेरिटोरियल एड्मिनिस्ट्रेसनका विमल गुरुङलगायत विशिष्ट व्यक्ति समारोहमा सहभागी हुने पश्चिम बंगला सरकारले जनाएको छ ।
    दार्जिलिङमा राष्ट्रपति नै सहभागी भएर भानुजयन्त्री मनाउन लागिएकोले यो अपूर्व अवसर हुने स्थानीय पत्रकार ज्ञानेन्द्र अर्यालले बताए । नागरिक दैनिकबाट



    • Blogger Comments
    • Facebook Comments

    0 comments:

    Post a Comment

    Item Reviewed: भानुजयन्ती मनाउन भारतका राष्ट्रपति प्रणव मुखर्जी दार्जिलिङ पुग्दैछन् Rating: 5 Reviewed By: Unknown
    Scroll to Top