728x90 AdSpace

  • Latest News

    Monday, July 11, 2016

    रोनाल्डोलाई पछि पार्दै उत्कृष्ट खेलाडीमा ग्रिजम्यान घोषित

    पेरिस,असार । युनियन अफ युरोपियन फुटबल एसोसिएसनले सोमबार फ्रान्सेली अग्रपङ्तिका खेलाडी एन्टोनी ग्रिजम्यानलाई युरोकप–२०१६ को उत्कृष्ट खेलाडी घोषणा गरेको छ ।   आयोजक राष्ट्र फ्रान्स युरोकपको उपाधिका लागि भएको खेलमा पोर्चुगलसँग १–० ले पराजित भए पनि ग्रिजम्यानले प्रतियोगिताको सबैभन्दा बढी गोलकर्ताका रुपमा आफूलाई उभ्याउन सफल भएका थिए।   एसोसिएसनका प्रमुख प्राविधिक अधिकृतका अनुसार ग्रिजमयान खेलेको हरेक खेलमा विपक्षीमाझ चुनौती बनेका थिए ।   ग्रिजमयानलाई आफ्नो समूह र प्रतियोगितालाई सफल पार्न कडा मेहनत, दूरदृष्टि र खेल कला प्रदर्शन गर्नसक्ने खेलाडी भएको निष्कर्षका साथ युरोकप–२०१६ को सर्वोत्कृष्ट खेलाडीका रुपमा पुरस्कृत गरिएको समाचार एजेन्सीहरुले जनाएका छन् । 
    • Blogger Comments
    • Facebook Comments

    0 comments:

    Post a Comment

    Item Reviewed: रोनाल्डोलाई पछि पार्दै उत्कृष्ट खेलाडीमा ग्रिजम्यान घोषित Rating: 5 Reviewed By: Unknown
    Scroll to Top