728x90 AdSpace

  • Latest News

    Wednesday, July 20, 2016

    तेह्रथुमको सिंहबाहिनी मन्दिरकाे मुर्ति चोरी , अनुसन्धान जारी छ प्रहरी

    तेह्रथुम, ६ साउन / तेह्रथुमको सदरमुकाम म्याङलुङ स्थीत सिंहबाहिनी मन्दिर मेयङलुङ देवीस्थानमा रहेको मुर्ती चोरी भएको छ । मन्दिरको भित्री भागमा राखिएको शिवलिङको मुर्ति हिजाे बुधबार करिब ९ बजेतिर चोरी भएको मन्दिरका पुजारी चन्द बहादुर बिष्टले बताए । साडेतिन किलो बराबरको तौल भएको बहुमुल्य सिलाको शिवलिङ्ग मुर्ती चोरि भएको बारे स्थानिय प्रहरीलाई खबर गरिएको सिंहबाहिनी मन्दिर संरक्षण समितीका अध्यक्ष गोबिन्द ढुंगानाले बताउनुभयो ।


    बिगत एक दशक अगाडी मन्दिरमा राखिएको सो मुर्ति कस्ले चोरेको भन्ने बारेमा खोज तलास तथा अनुसन्धान जारी रहेको तेह्रथुमका प्रहरी प्रमुख प्रहरी नायब उपरिक्षक भागेन्द्र पुरुष ढकालले जानकारी दिनुभयो । दिनदहाडै मुर्ति चोरी हुनु जिल्लाको मरिमामा ठेस पुग्नु भएको बताउदै मन्दिर दर्शनार्थीले जति सक्दो चाडो चोरलाई पक्राउ गरि कार्वाहीको दायरामा ल्याउन माग गरेका छन् ।

    साउन महिनामा हिन्दु धर्मावलम्बी महिलाहरुले सोमबारे ब्रत बसि भगवान शिवको प्रतिक शिवलिङ्गको पुजाआजा गर्ने गर्दछन् ।
    Purbeli news 


    • Blogger Comments
    • Facebook Comments

    0 comments:

    Post a Comment

    Item Reviewed: तेह्रथुमको सिंहबाहिनी मन्दिरकाे मुर्ति चोरी , अनुसन्धान जारी छ प्रहरी Rating: 5 Reviewed By: Unknown
    Scroll to Top