728x90 AdSpace

  • Latest News

    Wednesday, July 20, 2016

    राष्ट्रपति भण्डारीबाट डा. केसीको अनशनमा चासो व्यक्त

    bidhya

    काठमाडौँ– राष्ट्रपति विद्यादेवी भण्डारीले अनशनरत डा गोविन्द केसीको माग र उनको स्वास्थ्य अवस्थाका बारेमा बुधबार स्वास्थ्यमन्त्री रामजनम चौधरीसँग चासो व्यक्त गरेका छन् ।

    स्वास्थ्यमन्त्री चौधरीलाई राष्ट्रपति कार्यालय शितलनिवासमा बोलाएर राष्ट्रपति भण्डारीले डा केसीको अवस्थाप्रति चिन्ता व्यक्त गरेको राष्ट्रपतिका सञ्चारविज्ञ माधव शर्माले जानकारी दिए ।

    भेटमा राष्ट्रपतिले डा केसीको जीवनरक्षाका लागि पहल गर्न आग्रह गरेका थिए । जवाफमा मन्त्री चौधरीले माग पूरा गर्न सरकार तयार रहेको बताउँदै त्यसका लागि वार्ता टोली गठन गर्न लागिएको जानकारी दिएका थिए ।

    उनले डा केसीले उठाएका अधिकांश माग सुनुवाइका क्रममा रहेको र अनशन टुङ्ग्याउन पहल भइरहेकाबारे राष्ट्रपतिलाई अवगत गराएका थिए

    • Blogger Comments
    • Facebook Comments

    0 comments:

    Post a Comment

    Item Reviewed: राष्ट्रपति भण्डारीबाट डा. केसीको अनशनमा चासो व्यक्त Rating: 5 Reviewed By: Unknown
    Scroll to Top