728x90 AdSpace

  • Latest News

    Monday, July 11, 2016

    मलेसियामा छोरो हरायो यता बुहारीले घर छाडिन्


    धादिङ । असार २७-मलेसियाबाट छोराले १३ वर्ष अघि फोनमा भनेको कुरा सम्झिंदा धादिङको धुवाँकोटकी सन्तकुमारी तामाङलाई छोरो अहिले नै आउँछ कि जस्तो आश लाग्छ । ७२ वर्षे सन्तकुमारीलाई त्यतिबेला डम्बरबहादुरले भनेका थिए ‘आमा पीर नमान्नु म चाँडै फर्किन्छु ।’
    डम्बरबहादुर मलेसिया गएको तेह्र वर्ष भयो । फर्किनु त कहाँ हो कहाँ त्यसको केहि समयमै बेपत्ता भए । बुहारी घरबाट हिँडेपछि शान्त्वना दिँदै डम्बर बहादुरले आमालाई फोन गरेका थिए ।
    डम्बरबहादुर मलेसिया गएको ६ महिनापछि बुहारीले पनि घर छाडिन् । ६ महिनाकी गर्भवती हुँदा घर छाडेकी बुहारीको पनि १२ वर्षसम्म अत्तोपत्तो छैन । माइत गएकी बुहारी फर्किनन् । उता छोरो परदेशमै हरायो ।
    छोरा-बुहारी बेखबर भएपछि श्रीमानकै आड भरोसामा बसिरहनु भएको थियो । छोरा बुहारी आउने आशमा । यसरी छोरा बुहारी फर्किने आशमा बसेको बर्षौं बित्यो । हराएको सन्तानको पीडाले उनीहरुको शरीर झनझन कमजोर बन्दैथियो ।
    चार वर्ष अघि श्रीमानको निधन भयो । श्रीमानले सधैंका लागि छाडेपछि सन्तकुमारी एक्लिनुभयो । श्रीमानको निधन भएपछि काजकिरिया गर्न छोरो फर्किएला भन्ने आश थियो । डम्बरबहादुर फर्किएनन्, बुहारी पनि आइनन् ।
    छोरो विदेश गएपछि अब दुःखका दिन जान्छन् भन्ने सन्तकुमारीलाई आश थियो । तर झनै दुःखका दिन सुरु भए । पहिला त ऋण मात्रै थियो । अहिले त दिन पनि लाग्यो ।
    सन्तकुमारी भन्नुहुन्छ ‘हामीलाई त सम्झेन नै, ऊ पनि कस्तो अवस्थामा छ, कतै अप्ठेरोमा पो पर्यो कि ! बुहारीले छाडेपछि पनि म छु आमा भन्थ्यो । किन फर्किएन ?’
    सन्तकुमारी भन्नुहुन्छ ‘दिनरात उसैको याद झलझली आउँछ । सपनामा सँगै देख्छु । कुरा गर्छु तर ब्युझिँदा ऊ मसँग हुँदैन ।’
    हराएको छोराको खोजीका लागि सामिको धादीङमा रहेको सुचना केन्द्रमा निवेदन दिनुभएको छ । तर छोरोको कुनैपनि प्रमाण छैनन् । विदेश जाँदाका कागजात नभएपछि परदेशमा हराएकालाई खोजी गर्न समस्या हुने सुचना केन्द्रकी कार्यक्रम संयोजक गंगा सुवेदीले बताउनुभयो ।उज्यालोअनलाइनबाट

    • Blogger Comments
    • Facebook Comments

    0 comments:

    Post a Comment

    Item Reviewed: मलेसियामा छोरो हरायो यता बुहारीले घर छाडिन् Rating: 5 Reviewed By: Unknown
    Scroll to Top