728x90 AdSpace

  • Latest News

    Monday, July 11, 2016

    नेपाल–चीनबीचको प्रमुख व्यापारिक नाका केरुङको सडक ग्राभेल गरिने

    Rasuwagadi-Bhansar1

    रसुवा, २७ असार । नेपाल–चीनबीचको प्रमुख व्यापारिक नाका केरुङ जोड्ने सडकअन्तर्गत मूलखर्कको सडकमा ग्राभेल गर्ने सर्वपक्षीय सहमति भएको छ ।

    जिविसमा सम्पन्न सर्वपक्षीय भेलामा जिविस, सडक कार्यालय, सशस्त्र प्रहरी सीमा सुरक्षा बल, ट्रक कन्टेनर व्यवसायी समिति, उद्योग वाणिज्य सङ्घ र राजनीतिक दल समेतको सहभागितामा एक हप्ताभित्र मूलखर्क खण्डमा ग्राभेल गर्ने सहमति भएको स्थानीय विकास अधिकारी राजेन्द्रदेव पाण्डेले जानकारी दिए ।

    पासाङल्हामू मार्ग सञ्चालन गर्न सरकारले पाँच करोड खर्च गरेपनि मूलखर्क सडकखण्ड बढी उकालो र हिलो भएका कारण सडक व्यवस्थित गर्ने सहमतिबाट व्यवसायीहरु यहाँ केन्द्रित हुने विश्वास बढेको रसुवा नागरिक समाजले जनाएको छ ।

    मूलखर्क, कोपाङ र सानोभार्खु क्षेत्रका सडक बिग्रेकाले रसुवागढी एक सय ११ र सान्जेन ५७.१ मेगावाट जलविद्युत् आयोजनाका सामग्री ढुवानीमा समेत समस्या भएको बताइएको छ ।

    केरुङबाट आयातित सामग्री बोकेका ट्रक, कन्टेनर, यात्रुबस तथा एम्बुलेन्ससमेत गुढाउने कार्यमा सहज पार्न यही २९ गतेदेखि मूलखर्कको ग्रामीण व्यवस्थापनाका लागि ५० जनाको जनशक्ति परिचालन गरिने सशस्त्र प्रहरी प्रमुख दर्शन गिरीले बताए ।Light Nepal 

    • Blogger Comments
    • Facebook Comments

    0 comments:

    Post a Comment

    Item Reviewed: नेपाल–चीनबीचको प्रमुख व्यापारिक नाका केरुङको सडक ग्राभेल गरिने Rating: 5 Reviewed By: Unknown
    Scroll to Top