728x90 AdSpace

  • Latest News

    Monday, July 11, 2016

    च्याम्पियन टिम पोर्चुगलको भव्य स्वागत

    असार २८ – युरोकपको उपाधि जितेको टिमको पोर्चुगलमा भव्य स्वागत भएको छ । आइतबार राति फ्रान्सको पेरिसमा भएको युरोकप २०१६ को फाइनलमा 
    घरेलु टोलीलाई १–० ले हराएर फर्किएको पोर्चुगिज टिमको राजधानी लिस्बोनमा भव्य स्वागत भएको हो । प्रशिक्षक फर्नान्डो सान्टोस र कप्तान क्रिष्टियानो रोनाल्डोको
     विजयी टोलीलाई राष्ट्रपति मार्सेलो रिबेलो डी सोउसाको नेतृत्वमा रहेको सरकारी टोलीले लिस्बोनमा उत्साहपूर्ण स्वागत गरेको हो । पोर्चुगलको विजयी टिम सवार जहाज अन्तर्राष्ट्रिय 
    एयर फोर्सका दुई वटा जेटको सुरक्षामा राजधानी लिस्बोनमा अवतरण भएलगतै प्रशिक्षक सान्टोस र कप्तान रोनाल्डो पहिले विमानबाट निस्किए, त्यसपछि अरु खेलाडीले उनीहरुलाई पछ्याएका थिए । 
    विमान अवतरण भएपछि राष्ट्रिय टिमको रंग रातो र हरियो रंगका पानीको फोहोरा फालिएको थियो । रोनाल्डोले घाँटीमा आफ्नो जन्म स्थान माडिएराको झण्डा तथा कम्मरमा पोर्चुगलको राष्ट्रिय झण्डा बेरेका थिए । 
    विमानबाट उत्रिएका सबै खेलाडीलाई दुई वटा बसमा राखेर नगर परिक्रममा गराइएको थियो । नगरमा लाखौं नागरिकले उनीहरुको स्वागत गरेका थिए । त्यसपछि उनीहरु राष्ट्रपतिलाई भेट्न गएका थिए । 
    स्वागत समारोहमा राष्ट्रपति मार्सेलोले विजयी टिमलाई पोर्चुगलमाथि विश्वास गर्नुको अर्को कारण थपेको भन्दै बधाई ज्ञापन गर्नुभयो । उहाँले भन्नुभयो ‘तपाईहरु उदाहरण बन्नु भएको छ । 
    उत्साह, लगनशीलता, नम्रताका साथ जित्नुभयो । धेरै धेरै बधाई तथा विश्वासको अर्को कारण थपेकोमा धन्यवाद ।’ समर्थकले तिमीहरु हाम्रो राजा भन्दै नारा लगाएका थिए ।
     स्वागत समारोहमा प्रशिक्षक सान्टोसले यो जित सम्पूर्ण पोर्चुगलका नागरिकको रहेको बताए । यस्तै कप्तान रोनाल्डोले यो जितको हिस्सा पोर्चुगलका सबै नागरिक रहेको र इतिहासमा आफूहरुसँगै सबै नागरिक पात्र बन्ने बताए ।
     
    • Blogger Comments
    • Facebook Comments

    0 comments:

    Post a Comment

    Item Reviewed: च्याम्पियन टिम पोर्चुगलको भव्य स्वागत Rating: 5 Reviewed By: Unknown
    Scroll to Top