728x90 AdSpace

  • Latest News

    Saturday, July 9, 2016

    तमोर नदी पहिरोले थुनियो, तीन वटा बजार जोखिममा

    ताप्लेजुङ, असार २६ । ताप्लेजुङको सावादिन गाविसमा शनिबार राति गएको पहिरोले तमोर नदी थुनिएर नदीको धार परिवर्तन हुँदा नदी किनारमा रहेका तीन वटा बजार जोखिममा परेका छन् ।

    नदी थुनिदा फुरुम्बु गाविसमा रहेको मितलुङ बजार नजिकै भएर बग्न थालेपछि मितलुङ बजारसहित तमोर नदी किनारमा रहेका हान्द्रुङ र दोभान बजार पनि जोखिममा परेको हो ।

    गए राति तमोर नदीको सावादिन गाविसको नाक्ला भीरबाट पहिरो आएपछि तमोर नदी केहि समय थुनिएको थियो ।

    अहिले नदीको धार परिवर्तन भई बग्न सुरु भए पनि थुनिएको भाग पूर्ण रुपमा नखुलेकाले सँगै रहेको मितलुङ बजारसहित केहि किलोमिटर तल नदी किनारमा रहेको दोभान र हान्द्रुङ बजार पनि जोखिममा रहेको प्रहरीले बताएको छ ।

    मितलुुङ बजारका स्थानीय बजार छाडेर सुरक्षित स्थानतर्फ सर्न थालेका छन् भने दोभान र हान्दु्रङका स्थानियलाई पनि सचेत भएर बस्न आग्रह गरिएको जिल्ला प्रहरी कार्यालयका ताप्लेजुङले जनाएको छ ।Image khabar 

    • Blogger Comments
    • Facebook Comments

    0 comments:

    Post a Comment

    Item Reviewed: तमोर नदी पहिरोले थुनियो, तीन वटा बजार जोखिममा Rating: 5 Reviewed By: Unknown
    Scroll to Top