728x90 AdSpace

  • Latest News

    Saturday, July 9, 2016

    भारतको कश्मिरमा हिंसा भड्कियो, ११ जना मारिए

    काठमाडौं, असार २६ । भारत प्रशासित कश्मिरमा प्रहरी र प्रदर्शनकारीबीच भएको झडपमा ११ जना मारिएका छन् । डेढ सयभन्दा बढी व्यक्ति घाइते भएका छन् ।

    प्रहरी र सुरक्षाकर्मीतर्फ ९६ जना र प्रदर्शनकारीतर्फ ७० जना घाइते भएको अधिकारीहरुले जनाएका छन् । प्रहरी कारवाहीमा अतिवादी संगठन हिज्बुल मुजाहिदीनका कमाण्डर बुरहान वानी मारिएपछि भएको प्रदर्शन हिंसात्मक बन्दा यो झडप भएको हो ।

    कश्मिरमा उग्रवादका नयाँ अनुहार मानिएका २१ वर्षीय वानी र उनका दुई साथी श्रीनगरदेखि ४५ माइल टाढा मारिएका थिए ।

    प्रदर्शन व्यापक हुनसक्ने आशंकामा अधिकारीहरुले इन्टरनेट र फोन सेवामा अस्थायी रुपमा रोक लगाएको छ भने अरु राज्यबाट आउने जाने रेल सेवा पनि रोकिएको छ ।

    संवेदनशील क्षेत्रमा कफ्र्यू आदेश जारी गर्नुका साथै पृथकतावादी नेताको घरको घेराबन्दी गरिएको छ । वानीको गृह नगरमा भने भारत विरोधी नारा लगाइएको छ ।


    • Blogger Comments
    • Facebook Comments

    0 comments:

    Post a Comment

    Item Reviewed: भारतको कश्मिरमा हिंसा भड्कियो, ११ जना मारिए Rating: 5 Reviewed By: Unknown
    Scroll to Top