728x90 AdSpace

  • Latest News

    Saturday, July 9, 2016

    भारत हिँडेका छ युवतीको उद्धार

    कञ्चनपुर, २६ असार । पश्चिमी सीमा नाका गड्डाचौकी हुँदै भारततर्फ अवैध रुपमा जाँदै गरेका छ जना युवतीको हिजो उद्धार गरिएको छ ।

    माइती नेपाल कञ्चनपुर र प्रहरीको संयुक्त प्रयासमा सीमा नाका हुँदै भारततर्फ जान लागेका युवतीको उद्धार गरिएको हो ।

    भारत हुँदै कुवेत र इराक जाने भन्दै आएका धादिङका तीन, म्याग्दीका दुई र काठमाडौँका एक गरी छ जना युवतीको उद्धार गरिएको माइती नेपाल कञ्चनपुरका संयोजक महेश्वरी भट्टले बताउनुभयो ।

    “भारतीय नम्बरको जिपमा भारततर्फ जाँदै गरेका बेला युवतीहरु जोखिममा पर्न सक्ने भन्दै उद्धार गरेका हौँ” – उहाँले भन्नुभयो । उद्धार गरिएका युवतीहरु २० देखि ३० वर्ष उमेरका रहेका छन् ।

    भारतको नयाँदिल्ली पु¥याइदिने भन्दै युवतीसँगै जाँदै गरेका ५० वर्षीय माईबहादुर तामाङलाई प्रहरीले नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको छ । युवतीहरु माइती नेपालमा राखिएका छन् ।

    युवतीहरुबाट काठमाडौँमा रहेका दलालले रु ७५ हजारदेखि रु ८० हजार रकम लिएको उद्धार गरिएका युवतीको भनाइ रहेको छ ।

    असार महिनामा मात्रै माइती नेपाल कञ्चनपुरले ४६ जना बालबालिका तथा युवतीको उद्धार गरेको जनाएको छ । रासस



    • Blogger Comments
    • Facebook Comments

    0 comments:

    Post a Comment

    Item Reviewed: भारत हिँडेका छ युवतीको उद्धार Rating: 5 Reviewed By: Unknown
    Scroll to Top