728x90 AdSpace

  • Latest News

    Tuesday, July 19, 2016

    मुस्ताङको युरेनियम फ्रान्समा बिक्री गर्छौ : मन्त्री पाण्डेय

    काठमाडौं साउन ४ – उद्योगमन्त्री सोमप्रसाद पाण्डेयले मुस्ताङमा सोचेभन्दा पनि विशाल युरेनियमको खानी भेटिएको र यसलाई फ्रान्समा निर्यात गर्न सकिने बताउनुभएको छ । उद्योग मन्त्रालयको प्रतिबद्धता र सम्पादित कार्य प्रगतिबारे जानकारी दिन आयोजना गरेको  कार्यक्रममा मन्त्री पाण्डेयले संसारमा १२ प्रतिशत बत्ती युरेनियमबाट उत्पादन भइरहेको र सबैभन्दा बढी फ्रान्सले युरेनियमबाट बिजुली निकालेको तथ्याङ्क रहेको बताउनुभयो । 
    ‘हामी कहाँ भएको युरेनियम उत्खनन् गरेर उर्जा उत्पादनका लागि विदेशमा बिक्री गर्न सक्छौं’ उद्योगमन्त्री पाण्डेयले भन्नुभयो । उहाँका अनुसार सबै भन्दा बढी युरेनियम बिक्री गर्ने देशमा काजकिस्तान पहिलो हो । त्यसपछि क्यानडा, अष्ट्रेलिया र भारत तथा चीनले समेत केही बिक्री गर्दै आएको छ । 

    युरेनियम बिक्रीका लागि छुट्टै अन्तर्राष्ट्रिय प्रावधान छ । मन्त्री पाण्डेयका अनुसार युरेनियम उत्खनन् तथा निकासीका लागि आइएइए नाम अन्तर्राष्ट्रिय संस्थाको अनुमति र परामर्शमा मात्र बिक्री गर्न पाइन्छ । 

    मुस्ताङको युरेनियम त्यही संस्थाको सहयोगमा खोज अनुसन्धान गरिएकाले बिक्री गर्न पनि सजिलो हुने उहाँको भनाइ थियो । ‘हामी जुन अध्ययन गरिरहेका छौं, त्यो अध्ययन पनि आइएइएकै सहयोगमा उनीहरुकै साधन र औजारबाट गरिरहेका छौं ।’ उहाँले भन्नुभयो । 
    ‘यदी हामीले युरेनियम प्रयोग गर्ने हो भने लुकाउनु पर्ला कि ?’ नेपाली सेनाका एक उच्च अधिकारीको भनाई उदृत गर्दै मन्त्री पाण्डेले भन्नुभयो । ‘हामी लिबिया होइनौं, हामी उत्तर कोरिया हौइनौं, सिरिया होइनौं, किन लुकाउने ? अन्तर्राष्ट्रिय नीति नियम अनुसार उत्खनन् गर्ने हो, किन डराउने ?’ 

    संसारको सबै ठाउँबाट फ्रान्सले युरेनियम आयात गरिरहेको र युरेनियमबाट उर्जा उत्पादन गर्ने भएकाले फ्रान्समा एक घण्टा पनि लोड सेडिङ नभएको उहाँले बताउनुभयो । ‘हामी गलत प्रयोग गर्देनौं, अलिकति संवेदनशील विषय भएकाले यसको उत्खनन् त्यत्ती सजिलो भने छैन ।’ मन्त्री पाण्डेयले भन्नुभयो । 

    • Blogger Comments
    • Facebook Comments

    0 comments:

    Post a Comment

    Item Reviewed: मुस्ताङको युरेनियम फ्रान्समा बिक्री गर्छौ : मन्त्री पाण्डेय Rating: 5 Reviewed By: Unknown
    Scroll to Top