728x90 AdSpace

  • Latest News

    Monday, July 11, 2016

    भोटेकोसीले थप सात घर बगायो


    असार २७। चौतारा– भोटेकोसी नदीमा आएको बाढीको कटानले सिन्धुपाल्चोकको तातोपानी गाविसमा आज थप सातवटा पक्की घर बगाएको छ ।
    आइतबार बेलुकादेखि आज अपराह्नसम्ममा तातोपानी, कोदारी र लिपिङमा समेत गरी थप सातवटा पक्की घर बगाएको सीमा प्रहरी कार्यालय कोदारीका प्रहरी निरीक्षक खुमलाल भुसालले जानकारी दिए ।
    नदी कटानले तातोपानी बजारदेखि लिपिङसम्मको दुई किमि क्षेत्रमा रहेका झण्डै १४५ घरहरू अझै उच्च जोखिममा रहेको प्रहरी निरीक्षक भुसालले बताए ।
    तातोपानी क्षेत्रमा अहिले पानी परिरहेको र नदीको बहाब बढिरहेको प्रहरीले जनाएको छ । त्यसैगरी नदीको कटानले बाह्रबिसे बजार क्षेत्रका १३ वटा घर टहरा जोखिममा रहेका छन् ।
    नदी कटानले राम्चे गाविस र बाह्रबिसे गाविस जोड्ने बजारमा रहेको भोटेकोसी नदीको पक्की पुलको बाह्रबिसे तर्फको जीपको भाग कटान गरेकाले रोकथामको लागि सडक डिभिजन कार्यालय चरीकोटद्वारा तार जाली लगाउने काम भइरहेको छ ।रातोपाटीबाट

    • Blogger Comments
    • Facebook Comments

    0 comments:

    Post a Comment

    Item Reviewed: भोटेकोसीले थप सात घर बगायो Rating: 5 Reviewed By: Unknown
    Scroll to Top