यो योजनामा आबद्ध सिमहरुमा २०७३ असार ३१ गते देखि नै सहुलियत दरको यो सेवा उपलब्ध गराउन थालिसकेको कम्पनीले जनाएको छ ।
दृष्टिविहीन अपाङ्गताको पहिचान खुल्ने कागजातसहित नेपाल टेलिकमको काउन्टरमा सम्पर्क गरी ९० रुपैयाँमा ५० रुपैयाँ टक टाइम भएको सिममार्फत यो प्याकेज प्राप्त गर्न सकिने टेलिकमले जनाएको छ ।
त्यसैगरी २०६२/०६३ को जनआन्दोलनका घाइते एवं पूर्ण रुपमा शारीरिक अपाङ्गता भएका ब्यक्तिहरुलाई एक पटकका लागि जीएसएम प्रविधिको प्रिपेड सिम वा सीडिएमए प्रविधिको एउटा रिम कार्ड निःशुल्क उपलब्ध गराउने व्यवस्था गरेको कम्पनीले जनाएको छ ।
साउन ३ गते देखि निःशुल्क सिम तथा रिम कार्ड उपलब्ध गराउने योजना रहेको कम्पनीले जनाएको छ । जनआन्दोलनका घाइतेहरुले सरकारबाट जारी भएको परिचयपत्रसहित एक प्रति फोटो र नागरिकता प्रमाणपत्रको प्रतिलिपि पेश गर्नु पर्नेछ ।
त्यसैगरी शारीरिक अपाङ्गता भएका व्यक्तिहरुले महिला, बालबालिका तथा समाज कल्याण मन्त्रालय, समाज कल्याण परिषदबाट जारी भएको परिचय पत्र (रातो कार्ड) सहित एक प्रति फोटो र आफ्नो नागरिकताको प्रतिलिपि पेश गर्नु पर्ने कम्पनीले जनाएको छ । टेलिकमको आफूलाई पायक पर्ने काउन्टरमा सम्पर्क राखेर यी सेवा लिन सकिने जनाइएको छ ।
निःशुल्क सिम र रिम कार्ड उपलब्ध गराउने योजना आगामी २०७३ माघ मसान्तसम्म मात्र लागू हुने पनि जनाइएको छ । कम्पनीले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत ल्याएको यो योजनाले बोल्न र सुन्न नसक्ने ब्यक्तिहरु तथा जनआन्दोलनका घाइते एवं पूर्ण रुपमा अपाङ्गता भएका व्यक्तिहरुलाई सहयोग पुग्ने अपेक्षा गरेको छ ।
0 comments:
Post a Comment