728x90 AdSpace

  • Latest News

    Saturday, July 23, 2016

    आईतबार प्रधानमन्त्री ओलीले सदनमा जवाफ दिदैछन् ।पूरा पद्नुहोस्...

    काठमाण्डु, ८ साउन– प्रधानमन्त्री केपी ओलीले आइतबार माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले टेबुल गराएको अविश्वासको प्रस्ताव र छलफलमाथि जवाफ दिदैछन् । आइतबार प्रधानमन्त्री कसरी प्रस्तुत होलान् त ? सबैको जिज्ञासा छ ।

    शुक्रबार साँझबाट सुरु भएको अविश्वासको प्रस्तावमाथिको छलफलमा नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले बोलिसकेका छन् । उनले प्रधानमन्त्री ओली र उनको नेतृत्वको सरकारको खुलेरै कडा आलोचना गरेका छन् ।


    प्रधानमन्त्री ओलीलाई संघीयता र गणतन्त्र विरोधी भएको आरोप लगाएपछि आइतबार प्रधानमन्त्री ओलीले प्रचण्डले लगाएको आरोपको कडा खण्डन गर्ने तयारी गरिरहेको श्रोतले बताएको छ ।

    प्रधानमन्त्री ओलीले आइतबार संसदमा कसरी प्रस्तुत हुने विषयमा आन्तारिक छलफल गरिरहेको र भाषणको तयारी समेत गरिरहेको बताइएको छ ।
    माओवादी अध्यक्ष प्रचण्डले राजावादीहरुसँग समेत साँठगाँठ रहेको आरोप लगाएपछि एमालेका केही नेताहरुले प्रधानमन्त्रीमाथि लागेको सो आरोपको खण्डन समेत गरेका थिए ।

    प्रचण्डले सो आरोप लगाएपछि सोही अनुसारको जवाफ दिने तयारीमा प्रधानमन्त्री रहेको बालुवाटार निकट श्रोतले बताएको छ ।
    प्रधानमन्त्रीले आफ्नो सरकारको कार्यकालमा भएका घटनाहरु र त्यसका सरकारले चालेका कदमहरुको समेत स्मरण गराउँदै समीक्षा गर्ने तयारी गरिरहेको बताइएको छ ।

    • Blogger Comments
    • Facebook Comments

    0 comments:

    Post a Comment

    Item Reviewed: आईतबार प्रधानमन्त्री ओलीले सदनमा जवाफ दिदैछन् ।पूरा पद्नुहोस्... Rating: 5 Reviewed By: Unknown
    Scroll to Top