साउन ८ – क्रिष्टियानो रोनाल्डो विश्वका उत्कृष्ट फुटबलर हुन् । उनको परिचय बिस्तारै होटल व्यवासायीको रुपमा पनि बन्दै गएको छ ।
फ्रान्समा भएको युरोकपमा पोर्चुगललाई उपाधि दिलाउन महत्वपूर्ण भूमिक खेलेका कप्तान रोनाल्डोले पेस्टाना होटल समूहसँगको सहकार्यमा चार वटा नयाँ होटलमा लगानी गरेका हुन् । रोनाल्डोले पेस्टानासँगको सहकार्यमा आफ्नो जन्म स्थान पोर्चुगलको मदेइरामा बुटिक होटल खोलेका हुन् ।
मदेइराको होटल रोनाल्डोले शुक्रबार उत्घाटन गरे । उनका बाँकी तीन होटलको पनि चाँडै नै उत्घाटन हुनेछ । मदेइरामा खोलिएको होटलमा ४९ वटा कोठा छन् । त्यसमा २५ वटा सिआर सेभेन टाइप र २३ वटा सुपेरिअर सिआर सेभेन तथा एउटा थप कोठा छन् ।
आफ्नो जन्मस्थानमा पेस्टाना सिआर सेभेन होटल खुलेकोमा खुसी लागेको रोनाल्डोले बताए । मदेइरामा होटल खुलेका रोनाल्डोले पेस्टाना समूहको सहकार्यमा लिस्बोन, स्पेनको मड्रिड र अमेरिकाको न्युयोर्कमा पनि होटल खोल्ने तयारी छ ।
0 comments:
Post a Comment