728x90 AdSpace

  • Latest News

    Friday, July 22, 2016

    डा. केसीका मागमा सरकार झन् कठोर

    अख्तियार दुरुपयोग अनुसन्धान आयोग प्रमुखमाथि महाअभियोग र संसदमा विचाराधीन स्वास्थ्य विज्ञान प्रतिष्ठान विधेयक फिर्ता लगायत माग राखी १३ दिनदेखि अनसनरत डा. गोविन्द केसी र सरकारी वार्ता टोलीबीचको शुक्रवारको वार्ता पनि निष्कर्षविहीन भएको छ। नागरिक दैनिकमा समाचार छ। 
     
    डा. केसीले अनसनका क्रममा बटमलाइन बनाएका प्रमुख मागमै सरकारी वार्ता टोली नकारात्मक रुपमा प्रस्तुत भएपछि शुक्रवार दिनभर भएको प्रयास निरर्थक भएको हो। औपचारिक रुपमा दुवै पक्षले वार्ता जारी रहेको प्रतिक्रिया दिए पनि वार्ताको सहमतिको सम्भावनाबाटै झन् टाढिएको दुवै पक्षको भनाई छ।
     
    सरकारी वार्ता टोलीले डा. केसीले उठाएका मागमध्ये सहकारीले चलाएको अस्पताललाई प्रतिष्ठानको स्वरुप दिने गरी आएको विधेयक फिर्ता लिनै नसक्ने अडान सरकारी वार्ता टोली देखिएको छ।
     
    सहमतिका लागि मध्यविन्दुका रुपमा डा. केसी पक्ष मनमोहन प्रतिष्ठानलाई चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान अन्तर्गत वा पूर्ण सरकारी स्वरुपमा ल्याउनेमा सकारात्मक देखिए पनि सरकारी पक्ष नकारात्मक देखिएको छ। 

    • Blogger Comments
    • Facebook Comments

    0 comments:

    Post a Comment

    Item Reviewed: डा. केसीका मागमा सरकार झन् कठोर Rating: 5 Reviewed By: Unknown
    Scroll to Top