728x90 AdSpace

  • Latest News

    Friday, July 22, 2016

    म्युनिख हमलाकारी मारिए

    जर्मनीको म्युनिख शहर स्थित एउटा व्यापारिक केन्द्रमा आक्रमण गरी नौ जनाको ज्यान लिएका हमलाकारी एक्लै रहेको र धेरै वर्षदेखि म्युनिखमा बस्दै आएको बताइएको छ।

    उक्त हमलाको उद्देश्य अझै प्रष्ट भएको छैन। हमलाकारी १८ वर्षीय किशोरको मृत्यु प्रहरीको गोलीबाट भएको वा आत्महत्या थियो भन्ने प्रष्ट भइसकेको छैन।

    अधिकारीहरुले जर्मन नागरिकहरुलाई हतारमा कुनै पनि निष्कर्षमा नपुग्न आग्रह गरेका छन्।

    एक्लै

    सुरुमा तीन जना बन्दुकधारीले उक्त आक्रमण गरेको हुनसक्ने बताएका प्रहरीले अब उक्त व्यक्तिले एक्लैले सो हमला गरेको जनाएका छन्।

    प्रहरीद्वारा अघि बढाइएको ठूलो खोजी कार्वाहीका कारण बन्द गरिएका यातायात सेवा पुन: सुरु भएका छन्।

    एउटा बिन्दुमा सीमा सुरक्षामा कडाइ गरिएको थियो र छिमेकी अष्ट्रियाका प्रहरीलाई पनि मद्दत गर्न बोलाइएको थियो।

    गत १३ वर्षदेखि म्युनिखमा बस्दै आएका एकजना नेपाली खड्ग न्यौपानेले बीबीसीसंग कुरा गर्दै भने, "शारिरिक रुपमा हामी ठिकै छौं तर यो घटनाले हाम्रो मनस्थिति खलबलिएको छ।"

    जर्मन चान्सलर एङ्गेला मर्कलले शनिबार सुरक्षा परिषदको आपतकालिन बैठक डाकेकी छन्।

    त्रास र चिन्ताका कारण सयौँ मानिसहरु म्युनिखमा गोली चलेको व्यापारिक केन्द्रबाट भागेका थिए र शहरलाई बन्द गरिएको घोषणा गरिएको थियो।

    उद्देश्य

    तत्कालैको आशंका इस्लामवादीतर्फ केन्द्रित थियो।

    तर जर्मनीका विदेशमन्त्री फ्रान्क भाल्ट स्टानमायरले उक्त भयानक आक्रमणको उद्देश्य प्रष्ट नभएको कुरा जोड दिएर बताइरहँदा अर्को अँध्यारो सम्भावना सतहमा आएको छ।

    एउटा कार पार्किङ्ग स्थलबाट मोबाइल फोनमा रेकर्ड गरिएको भिडियोमा कालो पोशाक लगाएको बन्धुकधारी जस्तै देखिने व्यक्तिले अर्को तेश्रो व्यक्तिलाई गाली गरिरहेको देखिन्छ। विदेशीहरुलाई जथाभावी गाली गर्दै उसले आफु जर्मन नागरिक भएको अनि बेरोजगारीबाट पीडित भएको भिडियोमा सुनिएको छ।

    यी कुनै पनि कुराहरु अन्तिम होइनन् तर पछिल्लो आक्रमण सन् १९४५ मा नव नाजीहरुले गरेको हिंसा यताकै खराब आक्रमण भएको पाँच वर्ष पुगेको दिनमा भएको हो।

    सन् २०११ को जुलाइमा एन्नर्स बेरिङ ब्रेभिकले नर्वेमा आक्रमण गर्दा अधिकांश किशोर र विद्यार्थीगरी ७७ जना मारिएका थिए।

    जर्मन चान्सलर एङ्गेला मर्कलका एक जना सहयोगीले नर्वेमा भएको उक्त आक्रणको वर्षगाँठतर्फ ध्यानाकर्षण गराएका छन् र पूर्ण सुरक्षाका लागि राज्यले पनि पूरापूर निगरानी गर्नुपर्ने उल्लेख गरेका छन्।

    तर उनले भनेका छन् कसैले पनि त्यस्तो चाहँदैनन् किनकी त्यो खुल्ला पश्चिमा युरोपेली जीवनशैलीसँग मेल खाँदैन।


    • Blogger Comments
    • Facebook Comments

    0 comments:

    Post a Comment

    Item Reviewed: म्युनिख हमलाकारी मारिए Rating: 5 Reviewed By: Unknown
    Scroll to Top