728x90 AdSpace

  • Latest News

    Saturday, July 23, 2016

    हामीलाई परदेशमै छाडेर विदाभए धनबहादुर

    मान्छेले आफ्नो जिवनमा पक्कैपनि सकरात्मक खोजी र परिवर्तनकोलागि संघर्ष गर्दै अनेकौ कुरा झेल्दै जिउनु पर्छ । हरेक सफल व्यक्तित्वको पछाडि उसको संघर्ष मेहनत मिसिएको हुन्छ ।

    त्यस्तै एउता उद्देश्य बोकेर ४ वर्ष अघि खाडीको संयुक्त अरब इमिरेट्स (युएई) छिरेका थिए चितवन दारेचोक ३ लेवाटारका २६ वर्षे धन बहादुर मगर । स्वदेशमा रोजगारको कुनै अवसर नमिलेपछी बिबिएस अध्यन सकेका थुप्रै युवा अहिले खाडीको बिभिन्न मुलुकमा सामान्य कामदारको रुपमा आउन बाध्य छन । मास्टर डिग्री बिभिन्न बिषयमा गरेका युवाहरु समेत मसँगै काम गरीरहेकाछन् ।

    सक्ने युरोप, अमेरिका, जापन, जर्मन, अस्ट्रलिया लगायतका अति विकशित देशमा पलायन हुन्छन् । लागानि गर्न नसक्ने, राजनीतिक पहुज भन्दा बाहिर रहेका हामी जस्ता दुःख कष्ट ऋणभार गरेर ‘बल्ल बल्ल पढ्यो, खाडी तिर अगाडी बढ्यो’ भाको हो सर, एक जना सहकर्मीले ठट्यौली पारामा भन्थे ।

    धनबहादुर सृजन शिल युवा थिए । उनी सबै साथीभाइसँग सकरात्मक परीवर्तनको कुरा गर्दै फुर्सदिलो समय काट्ने गर्थे । मधिरा तथा सुर्ती जन्य अम्मल उनिमा थिएन । सहयोग र उद्दार भावनाको उनी जुनसुकै कुरामा सकेको सहयोग गर्न पछी पर्दैन थिए ।

    मन्द मुस्कानकासाथ बोल्ने आफ्नो जिम्मेवारीबाट कहिल्यै पछी नहटेर बाबा आमा र अन्य ३ भाइहरु रहेको परीवारलाई आर्थीक रुपमा सबै ब्यबस्था मिलाउदै आएका धन बहादुर भबिष्यको योजना बुनिरहेका थिए । उनि भन्दै थिए अब दुई वर्ष पछी गएर बिहे गर्ने अनि उतै केहि गरेर बस्नु पर्ला । तर उनको त्यो सपना भौतिक रुपमा अधुरै रह्यो ।

    यो समयमा सामाजिक सञ्जालसँग नजोडीएका मानिस सायदै होलान । धनबहादुरले पनी सञ्जालहरुमा आफ्नो भावना तर्क बिचार राख्ने गरेका थिए । उनि यो मरुभूमिमा आफ्नो जिम्मेवारी निभाइरहँदा कहिले एक्लो महुस गरेको बिचार ब्यक्त गरेका छन् । भने, कहिले प्रेम एउता भर नपर्दो चिज भएको आक्रोस ब्यक्त गरेकाछन् ।

    उनले जिन्दगीको भर नभएको जस्तो उनको अहिलेको स्थितिलाई ठ्याक्कै छुने खालका भवाना सामाजिक सञ्जाल फेसबुकमा व्यक्त गरेकाछन् । गत अप्रिल १३ तारिख नेपाली नयावर्षको पोस्टर सहित पोस्ट गरेको शुभकामना सन्देश नै सञ्जालमा उनको अन्तिम सहभागिता रह्यो । गत १३ अक्टोबर २०१५ मा फेसबुकमा पोस्ट गरेको स्टाटस ‘जिवन त एउता पानीको फोका जस्तै लाग्छ ।’ उनको लागी साच्चै पानीको फोका नै बन्दियो जिवन ।

    गत अप्रील १४ तारीख मध्यरातमा अचनाक हृदयघात भएपछी धन बहादुर सधैका लागी पानीको फोका जस्तै फुटेर गए । कल्कलाउदो उमेरमा यस्तो घटनाले परिवार आफन्त साथी भाइलाई शोकमा पारेर पानीको फोका जस्तै फुटे धन बहादुर । हामीलाई परदेशमा छाडेर गए । कहिल्यै नआउने गरि । उज्यालो नाईन्टी नेटवर्क मा खबर छ। 

    • Blogger Comments
    • Facebook Comments

    0 comments:

    Post a Comment

    Item Reviewed: हामीलाई परदेशमै छाडेर विदाभए धनबहादुर Rating: 5 Reviewed By: Unknown
    Scroll to Top