728x90 AdSpace

  • Latest News

    Saturday, July 23, 2016

    वामदेवले संसद्‌मा भने, 'प्रचण्डको कुभलो कहिल्यै चिताइँन'

    काठमाडौँ: एमाले उपााध्यक्ष बामदेव गौतमले आफूले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को कुभलो कहिल्यै नचिताएको बताएका छन् । 

    प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अविश्वासको प्रस्तावमाथिको बहसमा व्यवस्थापिका संसद बैठकमा बोल्दै गौतमले भने, ‘प्रचण्डसँगको मित्रता यत्ति धेरै निकट रहयोकी मैले कहिल्यै प्रचण्डको कुभलो चिताएको छैन ।’ 

    राजनीति यात्राका क्रममा प्रचण्डले पटकपटक सल्लाह माग्ने गरेको र सुझाव दिएको समेत बामदेवले खुलासा गरे । ‘मेरो मित्रलाई मेरो ब्रह्मले देखेको विवेक प्रयोग गरेर सल्लाह दिने गरेको छु’, उनले भने, ‘वैशाख २२ गते माओवादी केन्द्रले राष्ट्रिय सहमतिको सरकार निर्माणका निम्ति वक्तव्य आएपछि पनि पटकपटक छलफल भएका छन् ।’

    गौतमले प्रचण्डसँग लप्पनछप्पन आफूले नराखएको बताउदै भने, प्रचण्डसँग आत्मिय छलफल हुन्छन् । उहाँसँग लप्पनछप्पन कुरा हुँदैन ।’


    गौतमले प्रचण्डसँग सत्रुता कहिल्यै नराख्ने गरी कुराकानी हुने गरेको बताए । ‘प्रचण्डसँगको मित्रताः दुवैले सत्रुता नराख्ने गरी अगाडि बढेको हो’, उनले भने, ‘मैले प्रचण्डलाई उपयोग गर्ने काम र सोचाई कहिल्यै राखेको छैन ।’ 

    प्रचण्डसँगको सम्बन्ध सार्वजनिक गर्दागर्दै भावुक बनेका गौतमले भिष्म र परसुरामको कथा समेत सुनाए । 

    एकपटक भिष्म र परसुरामको लडाई भयो । परसुरामले एक युवतीलाई कुनै शिष्यका निम्ति लिएर जाँदै गर्दा भिष्मले रोके । भिष्मले रोकेपछि लडाईं सुरुभयो शिष्यसँगको लडाइमा भिष्म पराजित भए । 

    गौतमले कथा सुनाएपछि भने, ‘त्यसपछिका कुरा म भन्दिन् । यो कुरा मेरा परममित्र प्रचण्डलाई मात्र भन्न चाहन्छु ।’ 

    गौतमले प्रचण्डलाई शान्ति प्रक्रियामा ल्याउन समेत महत्वपूर्ण भूमिका आफूले खेलेको सम्झना गरे । ‘तपाईंलाई शान्ति प्रक्रियामा ल्याउने भूमिका कसले गर्यो ?’, भारतको शिलगुढीको भेटबारे गौतमले भने, ‘शिलगुढीमा म साथी लिएर पुगेको थिए । बाबुराम र प्रचण्ड हुनुहुन्थ्यो । सरकार र नेपाली सेनाले हामीलाई पराजित गर्न सक्दैन भन्ने उहाँहरुको भनाइ थियो ।’ 

    यो अवस्थामा वार्ताबाट अघिबढौँ भनेर सम्झाएको समेत गौतमले बताए । 

    गौतले रोल्पाको १६ बुँदेको समेत सम्झना गर्दै प्रचण्डले ति कुरालाई अहिले बिर्सिए पनि उहाँको कुनै आत्मकथामा त्यो कुरा उल्लेख हुने बताए । 



    ‘धेरै माओवादी नेतालाई मृत्युको मुखबाट बचाएको छु’
    संसदमा बोल्ने क्रममा गोतमले थुप्रै माओवादी नेतालाई मृत्युको मुखबाट बचाएको समेत खुलासा गरे । 

    ‘मैले माओवादीका निम्ति धेरै योगदान गरेँ । मृत्युको मुखबाट धेरै माओवादी नेता र कार्यकर्तालाई बचाउने भूमिका खेलेको छु ’, गौतमले थपे, ‘मैले मेरो पार्टी भन्दा पनि माओवादी र प्रचण्डकै लागि काम गरेको छु ।’

    यसरी सहयोग गरेको माओवादीले अविश्वासको प्रस्ताव ल्याएकोप्रति गौतमले व्यापक गुनासो गर्दै राष्ट्रिय सहमतिलाई आफूले कहिल्यै भंग नगर्ने प्रतिबद्धता व्यक्त गरे ।
    Annapurna post

    • Blogger Comments
    • Facebook Comments

    0 comments:

    Post a Comment

    Item Reviewed: वामदेवले संसद्‌मा भने, 'प्रचण्डको कुभलो कहिल्यै चिताइँन' Rating: 5 Reviewed By: Unknown
    Scroll to Top