728x90 AdSpace

  • Latest News

    Friday, July 22, 2016

    विद्यार्थीलाई सैन्य तालिम

    इलाम । इलाम सदरमुकामस्थित आदर्श उच्च माध्यमिक विद्यालयमा कक्षा १२ मा अध्ययनरत विद्यार्थीलाई कालीध्वज गण इलामले सैन्य तालिम दिन थालेको छ । विभिन्न माध्यमिक तथा उच्च माध्यमिक विद्यालयका छात्रछात्रालाई अनुशासित र स्वयम्सेवी दस्ता तयार गर्न तालिम दिन थालिएको हो ।

    आदर्शका ७२ जना विद्यार्थीलाई नेतृत्व विकास, बफादारिता र राष्ट्रिय एकतासम्बन्धी तालिम दिई प्राकृतिक प्रकोपको अवस्थामा परिचालित हुन स्वयम्सेवक दस्ता तयार गर्न तालिम दिन थालिएको गणपति प्रमुख सेनानी प्रकाश लामिछानेले बताउनुभयो ।


    जुनियर डिभिजनतर्फ ३६ पुरुष र ३६ महिला गरी ७२ जना क्याडेट छात्रछात्राको सहभागिता छ । १०० दिन अवधिको उक्त तालिमअन्तर्गत स्थान विशेषमा ७९ दिन र वार्षिक सामूहिक क्याम्प २१ दिन सञ्चालन गरिने कालीध्वज गणले जनाएको छ । ७९ दिन इलामका विभिन्न स्थानमा तालिम सञ्चालन हुने र २१ दिन मोरङको याङसिलामा सामूहिक तालिमको आयोजना गरिने गणपति लामिछानेले जानकारी दिनुभयो ।

    स्थान विशेषमा सञ्चालन हुने ७९ दिनको संस्थागत तालिममा शारीरिक व्यायाम, मास पिटी, तेक्वान्दो, बक्सिङ, खाली हात ड्रिल, खुकुरी ड्रिल, सेरोमोनियल ड्रिल, सैनिक कला, फिल्डक्राफ्ट, ब्याटल क्राफ्ट, कम्पास जिपिएस, साहसिक तालिम सञ्चालन गरिने बताइएको छ ।

    मोरङको याङसिलामा २१ दिनको क्याम्पमा अतिथि भाषणकला, नेतृत्व विकास, व्यक्तित्व विकास, राष्ट्रिय एकता, ट्राफिक सचेतना, चेलीबेटी बेचबिखन तथा लागुपदार्थ दुव्र्यसन र महिला तथा बालअधिकार संरक्षणसम्बन्धी तालिम दिइने गणपति लामिछानेले जानकारी दिनुभयो।
    News24 Nepal 

    • Blogger Comments
    • Facebook Comments

    0 comments:

    Post a Comment

    Item Reviewed: विद्यार्थीलाई सैन्य तालिम Rating: 5 Reviewed By: Unknown
    Scroll to Top