728x90 AdSpace

  • Latest News

    Saturday, July 23, 2016

    भारतीयले बस नियन्त्रणमा लिएपछि कन्चनपुर–नयाँदिल्ली मैत्री बससेवा प्रभावित

    कन्चनपुर, साउन ८ । कन्चनपुरको सदरमुकाम महेन्द्रनगरबाट भारतको नयाँदिल्लीसम्म जाने मैत्री बससेवा प्रभावित भएको छ ।

    पर्यटक ‘परमिट’मा यात्रु बोकेको भन्दै भारतीय प्रशासनले महेन्द्रनगरबाट यात्रु लिइ दिल्लीतर्फ गइरहेको र दिल्लीबाट महेन्द्रनगरका लागि आउँदै गरेका नेपाली नम्बर प्लेटका बसलाई नियन्त्रणमा लिएपछि सेवा प्रभावित भएको हो ।

    महेन्द्रनगरदेखि भारतको राजधानी नयाँदिल्लीसम्म नियमित चल्ने दुईओटा बसलाई भारतीय पक्षले मंगलबार नियन्त्रणमा लिएको हो ।

    पर्यटक बोक्ने परमिट लिएर यात्रु बोकेको भन्दै भारतको उत्तराखन्ड, टनकपुरको प्रशासनले बसलाई नियन्त्रणमा लिएर कारबाही गरिने जनाएपछि गत बुधबारदेखि नेपाली नम्बरका बस सन्चालन भएका छैनन् ।

    गत माघदेखि महाकाली यातायातले भारतको उत्तरप्रदेश परिवहन निगमनसँग समन्वय गरेर नियमित बससेवा सुरु गरेको थियो ।

     



    • Blogger Comments
    • Facebook Comments

    0 comments:

    Post a Comment

    Item Reviewed: भारतीयले बस नियन्त्रणमा लिएपछि कन्चनपुर–नयाँदिल्ली मैत्री बससेवा प्रभावित Rating: 5 Reviewed By: Unknown
    Scroll to Top