728x90 AdSpace

  • Latest News

    Friday, July 22, 2016

    रोनाल्डोले आफ्नो जन्मस्थलमा खोले ‘सीआरसेभेन’ होटल

    पोर्चुगल तथा रियल मड्रिडका स्टार खेलाडी क्रिष्टियानो रोनाल्डो विश्वकै उत्कृष्ट खेलाडी हुन्। उनलाई उत्कृष्ट खेलाडीकै रुपमा विश्वभर चिनिन्छ। तिनै रोनाल्डोले व्यवसायिक फुटबल करियरसँगै व्यापारलाई पनि अघि बढाएका छन्।
     
    आफूले फुटबल खेलेर कमाएको पैसा व्यापारमा लगानी गरेका रोनाल्डोले आफू जन्मेको पोर्चुगलको मेडेरामा पाटनरसिपमा सुविधा सम्पन्न होटल पनि खोलेका छन्। उनले पेसटाना ग्रुपसँग मिलेर मेडेरामा होटल खोलेका हुन्।
     
    युरो कप २०१६ को उपाधि पोर्चुगललाई जिताउन महत्वपूर्ण भूमिका निर्वाह गरेका रोनाल्डोले शुक्रबार एक कार्यक्रमकाबीच होटलको उद्घाटन समेत गरे।
     
    मेडेरामा खोलेको उक्त होटलमा ४९ वटा कोठा छन् जसमा २५ वटा कोठालाई ‘सीआरसेभेन टाइप रुम’को नाम दिइएको छ भने अन्य २३ वटालाई ‘सुपेरिअर सीआरसेभेन’ नाम राखिएको छ। 
     
    आफ्नो पछिल्लो व्यापारबारे रोनाल्डोले भने,‘पहिलो होटलको सुरुवात आफ्नो जन्मस्थलबाट गर्न पाएको छु। यो मेरा लागि निकै सुन्दर क्षण हो।’
     
    आफू विश्वका चारवटा राम्रा क्षेत्रमा नयाँ होटल खोल्ने सोच अनुसार पहिलो होटल आफू जन्मेको स्थानमा खोलेको रोनाल्डोले बताए। आफू जन्मेको स्थानमा पहिलो होटल खोलेका रोनाल्डोले पेस्टाना सीआरसेभेन लाइफस्टाइल होटल लिस्वन, मड्रिड र न्युयोर्कमा खोल्ने योजना बनाएका छन्।  
     
    मड्रिड र न्युयोर्कमा होटल खोल्ने कामका थालनी भने सन् २०१७ बाट सुरु हुनेछ। चारवटा होटलको भवन बनाउन ७५ मिलियन युरो छुट्याइएको छ। 
     
    • Blogger Comments
    • Facebook Comments

    0 comments:

    Post a Comment

    Item Reviewed: रोनाल्डोले आफ्नो जन्मस्थलमा खोले ‘सीआरसेभेन’ होटल Rating: 5 Reviewed By: Unknown
    Scroll to Top