काठमाडौं ८ साउन | कर्णाली बचाऔं अभियानको कार्यक्रम उत्कर्षमा जाँदै गर्दा अभियन्ताहरुले “हाम्रो कर्णाली -हाम्रो लगानी”को नाराको साथमा बालाजु चोक देखी भृकुटीमण्डपसम्म मोटरसाइकल र्याली गरेका छन । बिहान १० बजे देखी शुरु भएको उक्त कार्यक्रममा करिब २०० वटा मोटरसाइकल र ३०० जति सहभागी थिए । उक्त र्यालीलाई प्रशासनले स्कर्टिङ गरेको थियो ।
सो शान्तिपुर्ण र्याली कर्णाली बचाऔं सामाजिक संजालका अभियन्ता ईश्वर अर्याल र अर्का अभियन्ता नबिन डिसीले संयुक्त रुपमा संयोजन गरेका थिए र कर्णाली बचाऔं केन्द्रिय सरोकार समितिका अध्यक्ष भरतबहादुर शाही प्रमुख बक्ता थिए । भृकुटीमण्डपमा समापन भएको सो कार्यक्रममा बोल्दै लेखक तथा अभियन्ता सन्तोष चिमरियाले कर्णालीको महत्व प्रकाश पार्दै यसमा नेपालीको लगानी सुनिश्चित गरिनु पर्ने कुरा बताएका थिए ।
अर्का वक्ता ईश्वर अर्याल आफु यहि अभियानको लागी बिदेशबाट नेपाल आएको र सगरमाथा, लुम्बिनी जस्तै कर्णाली देशकै सम्पती भएको र एक इन्च हस्तक्षेप पनि आजका युवाहरुलाई मान्य नहुने कुरा बोलेका थिए । डाक्टर केसीको प्रसंग जोड्दै उनको जीवनरक्षा जस्तै कर्णालीले पनि जीवनरक्षा माग गरिरहेको र सरकारले उक्त सम्झौता खारेज गरेर शतप्रतिशत नेपालीको लगानी सुरक्षित नगरेसम्म आफुँ चुप नलाग्ने जानकारी दिएका थिए ।
यसै गरेर कार्यक्रम संचालक नबिन डिसीले कर्णालीबाट निस्कने उर्जा खपतको बारेमा प्रकाश पार्दै सम्पूर्ण स्वयंसेवकहरुलाई हार्दिक धन्यबाद दिएर करिब १२ बजे कार्यक्रमको समापन भएको घोषणा गरेका थिए ।
Light Nepal
0 comments:
Post a Comment