728x90 AdSpace

  • Latest News

    Friday, July 22, 2016

    अब दुई ठाउँ वीर अस्पताल

    सरकारले नेपालकै जेठो वीर अस्पताललाई विस्तार गर्दै आधुनिक र अन्तर्राष्ट्रियस्तरको बनाउने भएको छ। स्थापनाको १ सय २७ वर्षपछि सरकारले अस्पतालको सेवा विस्तार गर्दै भक्तपुरमा पनि विशेषज्ञ सेवा दिनेगरी अस्पताल निर्माण गर्ने भएको हो।

    मन्त्रिपरिषद्को शुक्रबार बसेको बैठकले वीर अस्पतालको सेवा विस्तारका लागि भक्तपुर, दुवाकोटमा करिब ७ सय रोपनी जग्गा उपलब्ध गराउने निर्णय गरेको छ। यो निर्णयसँगै काठमाडौंको महाबौद्धमा रहेको वीर अस्पताल अब दुईतिर हुने पक्का भएको हो।

    चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) का उपकुलपति डा. गणेश गुरुङका अनुसार मन्त्रिपरिषद्को निर्णयपछि भक्तपुरमा कम्तीमा एक हजार शऒ्ढया क्षमताको आधुनिक अस्पताल बन्नेछ। उनले हाल वीर अस्पताल रहेको स्थानमा पनि १ हजार ५ सय शऒ्ढयाको आधुनिक केन्द्रीय वीर अस्पताल रहने जानकारी दिए।

    'देशकै जेठो अस्पताललाई आधुनिक बनाउँदै गुणस्तरीय सेवा प्रवाह गर्न सरकारले गरेको निर्णय निकै राम्रो छ,' उनले भने, 'यो निर्णयपछि हाल वीर अस्पताल रहेको स्थानमा १ हजार ५ सय शऒ्ढया क्षमताको केन्द्रीय अस्पताल रहने र भक्तपुरमा एक हजार शऒ्ढया क्षमताको अर्को अस्पताल पनि खुल्नेछ।' उनले भक्तपुरमा बन्ने अस्पतालमा न्याम्सको कार्यालय, विशेषज्ञ पढाइ र अस्पतालसमेत सञ्चालन हुने जानकारी दिए।

    सरकारले सम्पूर्ण नेपाली जनतालाई गुणस्तरीय एवं विशेषज्ञ उपचार सेवा दिन आधुनिक वीर अस्पताल निर्माणका लागि भक्तपुरको दुवाकोटमा करिब ७ सय रोपनी जग्गा उपलब्ध गराउने निर्णय गरेको सूचना तथा सञ्चारमन्त्री शेरधन राईले जानकारी दिए।

    सरकारले नीति तथा कार्यक्रम र बजेट भाषणमा पनि वीर अस्पताललाई उपत्यकाको कुनै एक स्थानमा करिब ५ सय रोपनी क्षेत्रफलमा अन्तर्राष्ट्रियस्तरको अस्पताल निर्माण गरी विस्तार गर्ने घोषणा गरेको थियो। उक्त घोषणापछि सरकारी टोलीले उपत्यकाका विभिन्न स्थानमा जाग्गा खोजी गरेको थियो। जसमध्ये टोलीले चाँगुनारायण नगरपालिकाको दुवाकोट र मध्यपुरठिमीको सानोठिमीमध्ये एक ठाउँमा सार्ने विकल्प सुझाएको थियो।

    उपकुलपति गुरुङका अनुसार विभिन्न ठाउँमा जग्गा खोजी गरे पनि उपयुक्त नपाएपछि सरकारले सानोठिमीस्थित हवाई विभाग र सानोठिमी क्याम्पस रहेको क्षेत्र वा चाँगुनारायण नगरपालिकास्थित इन्जिनियरिङ कलेज आसपासको जग्गामा बनाउने टुंगोमा पुगेको थियो। दुवाकोटमा ५ सय रोपनीभन्दा बढी जग्गा फेला परेपछि दुवाकोटमा अस्पताल बनाउने निर्णय भएको हो। सानोठिमीमा करिब ३ सय रोपनी जग्गा मात्र थियो।

    दुवाकोटमा पर्याप्त जग्गा फेला परेपछि दुई साताअघि अर्थमन्त्री विष्णु पौडेल र उपकुलपति गुरुङसहितको टोलीले जग्गा निरीक्षण गरेको थियो। निरीक्षणक्रममा उक्त स्थानमा सामान्य ढिस्को र बालुवाको थुम्कोजस्तो फराकिलो जग्गा देखेपछि अस्पताललाई दिन मिल्ने निर्णयमा टोली पुगेको थियो।

    वीर अस्पतालको विस्तारित सेवाअन्तर्गत निर्माण हुने भनिएको उक्त स्थानमा रहेको ५ सय ८३ रोपनी जग्गामध्ये ३ सय ३४ रोपनी परोपकारको नाममा, १ सय ७४ रोपनी नेपाल इन्जिनियरिङ कलेजको नाममा, १५ रोपनी चाँगुनारायण उच्चमाविको नाममा र ६० रोपनी जग्गा खाली छ।

    सरकारले भक्तपुरको विस्तारित अस्पतालमा सर्वसाधारणको आउजाउलाई सहज बनाउन मनोहरा खोलामा चार लेनको करिडोरसमेत निर्माण गर्ने भएको छ। दुवाकोटको अस्पतालमा कोटेश्वरबाट जडीबुटी हुँदै आउजाउ गर्न मनोहरा करिडोर निर्माणको काम पनि अगाडि बढाउने योजना बनाइएको छ। करिडोर निर्माणको काम सडक विभागअन्तर्गतका निकायले गर्नेछन्। मनोहरा करिडोर खोलपछि कोटेश्वरबाट पा“च किलोमिटरमा विस्तारित अस्पताल पुग्न सकिनेछ।

    भक्तपुरमा विस्तारित अस्पताल निर्माणसँगै हाल अस्पताल रहेको वीर अस्पताल परिसरमा पनि ९ तले नयाँ आधुनिक भवन निर्माण हुनेछ। भूकम्पअगाडि अस्पताल परिसरमा १५ तलाको भवन बनाउने तयारी भएको थियो। तर, भूकम्पपछि उक्त भवनको डिजाइन परिवर्तन गरी ९ तलाको बनाउन लागिएको हो। 'यहाँ केन्द्रीय अस्पताल बनाउने गुरुयोजना पास भइसकेको छ,' उनले भने, 'गुरुयोजनाअनुसार नै काम भएमा अबको ५ वर्षमा यहाँ १५ सय शऒ्ढयाको अत्याधुनिक केन्द्रीय अस्पताल चल्नेछ।'

    उनका अनुसार महाबौद्धमा ९ तले भवनमा ९ सय शऒ्ढया र हाल रहेका ट्रमा सेन्टरसहितको ६ सय गरी १५ सय शऒ्ढयाको अस्पताल हुनेछ। हाल वीर अस्पताल ४ सय शऒ्ढयाको छ भने ट्रमा सेन्टर दुई सय शऒ्ढयाको। भूकम्पका कारण वीर अस्पतालको एक सय शऒ्ढयामा क्षति पुगेका कारण अहिले वीर अस्पताल मुस्किलले ५ सय शऒ्ढयामा मात्र चलिरहेको छ।

    भूकम्पले क्षति पुर्याएको वीर अस्पतालको भवन भत्काएर जाइकाले नयाँ भवन निर्माण गरिदिने भएको छ। जाइकाले भवन निर्माणका लागि काम अगाडि बढाइसकेको छ। वीर अस्पताल वि.सं. १९४६ सालमा वीर शम्सेरको पालामा स्थापना भएको हो।

    Nagarik news 


    • Blogger Comments
    • Facebook Comments

    0 comments:

    Post a Comment

    Item Reviewed: अब दुई ठाउँ वीर अस्पताल Rating: 5 Reviewed By: Unknown
    Scroll to Top