728x90 AdSpace

  • Latest News

    Saturday, July 23, 2016

    गोरखालाई फेरी केन्द्र बिन्दु बनाएर ४.१ म्याग्नेच्यूटको परकम्प ।

    गोरखाः गोरखालाई केन्द्र बिन्दु बनाएर शनिबार मध्यान्न ४.१ म्याग्नेच्यूटको परकम्प गएको छ ।
    बिहान ११ बजेर ५९ मिनेट जाँदा गोरखाको अश्रांग नजिकै केन्द्र बनाएर ४.१ म्याग्नेच्यूटको परकम्प भएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।
    शुक्रबार पनि कीर्तिपुरलाई केन्द्र बनाएर ३.७ म्याग्नेच्यूटको परकम्प गएको थियो । त्यस्तै असार २३ गते दोलखा केन्द्रविन्दु भएर ४ दशमलव १ म्याग्नेच्यूटको परकम्प गएको थियो ।
    गत साल वैशाख १२ गते गोरखाको केन्द्रविन्दु भएर गएको भूकम्प्पछि अझै पनि त्यसको परकम्प आउने क्रम रोकिएको छैन । अहिलेसम्म चार म्याग्नेच्यूट भन्दा बढीको क्षमताका चार सय ६६ वटा परकम्प गएको छ ।

    • Blogger Comments
    • Facebook Comments

    0 comments:

    Post a Comment

    Item Reviewed: गोरखालाई फेरी केन्द्र बिन्दु बनाएर ४.१ म्याग्नेच्यूटको परकम्प । Rating: 5 Reviewed By: Unknown
    Scroll to Top