728x90 AdSpace

  • Latest News

    Friday, July 22, 2016

    तालिवानीसँग लडेका नेपालीको युद्ध अनुभव : बम नपड्के खाना रुच्दैन

    काठमाडौं, साउन ८- म नेपाली सेनामा हवल्दार पदमा कार्यरत थिएँ । स्वेच्छिक रुपमा हवल्दारको जागिर छाडेर मलाई एकाएक अफगानिस्तान जाने रहर जाग्यो र भारत हुँदै दुवई गएँ । दुवईमा चाँहि पर्यटक भिसामा गएको थिएँ । त्यसपछि सीधै अफगानिस्तान गएँ । 
    डेढ महिना दुवईमा बिताएपछि इराकबाट आएका नेपाल आर्मीकै साथीहरुले नेटो सेनामा सम्पर्क गरी पठाएका हुन् । हामी नेटोले नै बोलाएर त्यहाँ गएका हौं । नेटो सेना भनेको अफगानी, नाइजेरियन, बिटिस, इराकीसहितका संयुक्त सेना हो । अफगानिस्तानको माइजर भन्ने ठाउँमा २६ महिना बसेर अहिले म नेपाल आएको छु । 

    माओवादीसँग भन्दा तालिवानीसँग लड्न सजिलो 
    तालिवानीसँग पाँच/सात पटक राम्रै भिडन्तमा परियो । हुन त हामी भित्री घेरामा हुन्छौं । बाहिरी घेरामा नेटोका अरु नै सैनिक हुन्छन् । तर पहिलो घेरा तोड्दै हामीसम्म आइपुगेपछि गोली चलाउनैपर्छ । युद्धको नेतृत्व नै चाँहि लिनुपरेन । नेतृत्व अरुले नै गथ्र्यो । 
    तालिवानीले घेरा तोड्दै हामीसम्म आइपुग्यो र भिडन्त भयो । तर ती कुनै पनि लडाई द्धन्द्धकालमा माओवादीसँग गरेको लडाई जस्तो थिएन । युद्ध लड्नलाई त माओवादीसँग कति गाह्रो गाह्रो । नेपालमा रहँदा माओवादीसँग धेरै युद्धको सामना गरें । धेरै ठाउँमा युद्ध लडेँ, धेरै साथीहरु पनि गुमाएँ । तर नेपालको भौगोलिक अवस्था नै वाधक बनिदिन्छ युद्धमा । नेपालमा डाडाँकाँडा, खोल्साखोल्सी, पहाडका थुम्की ५० मिटर परतिरसम्म पनि राम्रो देखिँदैन । तर त्यहाँ मैले लडेको ठाउँ त्यस्तो थिएन । जबकि पाँच सय मिटरसम्म राम्रोसँग देखिन्थ्यो । 
    तालिवानी हतियारले सुसज्जित भएपनि हामी पनि उत्तिकै हतियारले सम्पन्न छौं । तालिवानीसँग लड्न त कुनै गाह्रो नै लागेन मलाई । द्धन्द्धकालमा मैले इलामको पुवा खोला र मोरङको मधुमल्ला, पश्चिमको कैलाली, बर्दिया ती चार ठाउँमा माओवादीसँग अन्तिम अवस्थासम्म लडें । मोरङको मधुमल्लामा त १३ दिनसम्म बिना खाना, पानी माओवादीसँग भिडन्त भएको थियो । ठूला –ठूला युद्धको सामना गरेर होला, मलाई युद्धदेखि कहिले पनि डर लाग्दैन । अहिले विदामा आएको छु म फेरि अफगानिस्तान नै जाने हो । 
    यसकारण बलियो भयो आत्मबल 
    मलाई हतियार भएपछि युद्धसँग डरै लाग्दैन । यो मनोबल मलाई नेपाल आर्मीले नै दिएको हो । भैरवनाथ गण घ गुल्ममा रहँदा कमाण्डो तालिम पूरा गरेको छु । त्यसपछि नेपालमा सशस्त्र द्धन्द्धकालीन समयमा थुप्रै मुठभेड भयो । कयौं पटक मरेर बाँचे । युद्धमा निस्केपछि रगत भलभल उम्लेर आउँछ । सायद गोरखालीको छोरा भएर पनि होला । मलाई लाग्छ, मलाई मात्र होइन यो हरेक फौजीलाई हुन्छ नै होला । अफगानिस्तानमा नेपालमा चलाउने हतियार दुई तीन वटा पर्दछन् । एके ४७, एम १६ जस्ता हतियार बढी चल्छ त्यहाँ । 
    सुत्दा पनि हतियारकै सिरानी  
    फौजीका लागि हतियार भनेको कान्छी श्रीमती जस्तै हो । हामीसँग त २४ सैं घण्टा हतियार हुन्छ । सुत्नेबेला पनि हामी हतियारसँगै हुन्छौं । हतियार त कान्छी श्रीमती जस्तै प्यारो हुन्छ फौजीका लागि । हतियारसँग खेल्दाखेल्दै यस्तो बानी भइसक्यो कि, राइफल नपड्केको दिन खाना रुच्दैन, बम पड्केको आवाज नआए खाना पच्दैन । भिडन्तको आवाज सुन्दा सुन्दा बमबारुद नपड्केको दिन किन आज केही भएन ? किन आज कोही पनि आएन भन्ने जस्तो हुन्छ।’ 
    (अफगानिस्तानको माइजर भन्ने ठाउँमा कार्यरत भैसेपाटी ललितपुरका विकास खड्कासँग पी.टी.लोप्चनले गरेको कुराकानीमा आधारित)

    • Blogger Comments
    • Facebook Comments

    0 comments:

    Post a Comment

    Item Reviewed: तालिवानीसँग लडेका नेपालीको युद्ध अनुभव : बम नपड्के खाना रुच्दैन Rating: 5 Reviewed By: Unknown
    Scroll to Top