728x90 AdSpace

  • Latest News

    Saturday, July 23, 2016

    गच्छदारको सरकारलाई समर्थन फिर्ता

    श्रावण ८, २०७३- अन्ततः केपी ओली नेतृत्वको सरकारका ६ उपप्रधानमन्त्रीमध्ये पहिलो वरियताका उपप्रधानमन्त्री विजयकुमार गच्छदार पनि मन्त्रिपरिषद्बाट बाहिरिए । उनी नेतृत्वको मधेसी जनअधिकार फोरम लोकतान्त्रिकले सरकारलाई दिएको समर्थन शनिबार साँझ फिर्ता लियो । 

    तीनकुनेस्थित दलको कार्यालयमा चार घण्टा चलेको केन्द्रीय कार्यसम्पादन समिति र संसदीय दलको संयुक्त बैठकले ओलीविरुद्ध संसदमा माओवादी र कांग्रेसले दर्ता गरेको अविश्वास प्रस्तावको पक्षमा उभिने समेत निर्णय गरेको पार्टीका वरिष्ठ नेता रामेश्वर राय यादवले कान्तिपुरलाई बताए । 'पार्टीले सरकारलाई दिदै आएको समर्थन फिर्ता लिएकेा छ,' उनले भने, 'हामी राष्ट्रिय सहमतिको वातावरण बनाउनका लागि खुला छलफल गर्न तयार छौं । अविश्वास प्रस्तावको पक्षमा भोट हाल्छौं ।'बैठकपछि महामन्त्री भारतेन्दु कुमार मल्लिकले जारी गरेको वक्तव्यमा सरकारमा रहेका मन्त्री फिर्ता लिने निर्णय उल्लेख छ । 'गठबन्धन सरकारविरुद्ध सरकारमै रहेको एक घटक माओवादी केन्द्रले समर्थन फिर्ता लिएको र सरकारबाट प्रस्तुत तीन विधेयक असफल भइसकेको अवस्थामा,' विज्ञप्तिमा भनिएको छ, 'सरकार अल्पमतमा परेको यथार्थ शिरोधार्य गरी अझै सरकारमा रहनु उपयुक्त नदेखिकाले समर्थन फिर्ता लिन्छौं । अविश्वासको प्रस्तावको पक्षमा समेत निर्णय गर्ने समेत प्रेस विज्ञप्तिमार्फत् जानकारी गराइन्छ ।'

    संसदमा फोरम लोकतान्त्रिकको १४ सिट छ । संविधान बनाउन कांग्रेस, एमाले र माओवादीसग १४ बुदे सहमति गरेका गच्छदारले अन्तिम समयमा संविधानमा हस्ताक्षर भने गरेनन् । असोज २४ गते त्यही संविधानअन्तर्गत बनेको ओली नेतृत्वको सरकारविरुद्ध अरु मधेसवादी दलले भोट हाल्दैगर्दा गच्छदारचाहि ओलीको पक्षमा उभिए । 

    किन तोडे त उनले ओलीसगको सहयात्रा ? पार्टीका एक उच्च नेताले दुई कारण दिदै भने, 'एक, सरकार आफैंले पेश गरेको विधेयक हिजो संसदमा शर्मनाक तरिकाले फेल भयो । दुई, सत्ताको मूख्य सहयोगी माओवादी केन्द्र नै समर्थन फिर्ता लिदै बाहिरिएपछि हामीमात्रै सरकारमा बसिरहनु लोकतान्त्रिक मान्यताअनुरुप थिएन ।'

    ती नेताले पार्टी बैठकमा सबै नेता सरकारबाट बाहिरिनुपर्ने पक्षमा उभिनुपर्ने बताएपछि गच्छदारले अन्तिममा निर्णय स्वीकारेको दाबी गरे । पार्टीले पुष्पकमल दाहाल नेतृत्वमा बन्ने भनिएको सरकारमा जाने समझदारी बनाए पनि कसको नेतृत्वमा सरकारमा जाने भन्नेबारे पछि निर्णय लिने स्रोतले बतायो । पार्टी सरकारबाट बाहिरिने निर्णय लिदैगर्दा स्वास्थ्यमन्त्री रामजनम चौधरीलगायत नेताले कुनै टिप्पणी नगरेको अर्का एक नेताले बताए । बैठकपछि चौधरीले बजेट असफल भएपछि सरकारमा बस्नु नैतिक दृष्टिले उचित नभएकाले बाहिरिएको प्रतिक्रिया दिए । 'राष्ट्रिय सहमतिबाट अहिले उठेका मुद्दा समाधान हुनुपर्छ भन्ने हाम्रो मान्यता यथावत् छ,' चौधरीले भने, 'अहिले हामी सरकारबाट बाहिरिएका छौं । हामी संविधानमा उठेका असन्तुष्टिलगायत विषयमा आफ्नो पहल निरन्तर जारी राख्छौं ।'

    अविश्वासको प्रस्तावमाथि शुक्रबार र शनिबार बसेका संसदका दुवै बेठकमा गच्छदार उपस्थित थिएनन् ।कान्तिपुरमा खबर छ । 

    • Blogger Comments
    • Facebook Comments

    0 comments:

    Post a Comment

    Item Reviewed: गच्छदारको सरकारलाई समर्थन फिर्ता Rating: 5 Reviewed By: Unknown
    Scroll to Top