728x90 AdSpace

  • Latest News

    Thursday, July 7, 2016

    लोमान्थाङमा सेनाको गुल्म बनाउन स्थानीयले दिए जग्गा

    चीनसँग सीमा जोडिएको कोरला नाका संचानको प्रयास भैरहेका बेला त्यहाँको सुरक्षाका लागि कोरला नाकामा छिट्टै सशस्त्र प्रहरीको सीमा सुरक्षा बल र लोमाङ्थाङमा नेपाली सेनाको ब्यारेक स्थापना हुने भएको छ ।

    लोमाथाङमा स्थापना गरिने सेनाको गुल्म स्थापनाका लागि स्थानीयबासीले जग्गा समेत उपलब्ध गराएका छन् । लोमान्थाङवासीले सेनाका लागि लोमान्थाङको दक्षिणी क्षेत्रमा पर्ने बजार नजिकै छोलुङमा करिब ५० रोपनी जग्गा निःशुल्क उपलब्ध गराएका हुन् । केही समयदेखि यहाँ सेनाले भौतिक पूर्वाधार निर्माण गरिरहेको छ ।

    कोरला नाकाको अवलोकन र वस्तुस्थिति अध्ययन गर्न बिहिबार अपराह्न त्यहाँ पुगेको उपप्रधानमन्त्रीत्रय सम्मिलित सरकारी टोलीसंगको छलफलमाा स्थानीयले सेनालाई जग्गा ऊलब्धगराएको घोषणा गरेका हुन् । टोली बिहिबार नै राजधानी फर्किएको छ ।

    बिहिबार बिहान उपप्रधानमन्त्रीत्रय विजयकुमार गच्छदार, भीमबहादुर रावल र टोपबहादुर रायमाझीसँगै पूर्वप्रधानमन्त्री एवम् नेकपा एमालेका नेता माधवकुमार नेपाल, अर्थराज्यमन्त्री दामोदर भण्डारी, सडक विभागका महानिर्देशक माधव कार्की, रक्षा सचिव महेश दाहाल, सांसद रोमी गौचन, श्रीमाया थकाली र महेन्द्र शेरचनसहितको टोली सीमा क्षेत्र पुगेको थियो ।

    सरकारले उच्च प्राथमिकता राखेको कोरला नाका पुग्ने सडकमार्ग, सुरक्षा र भन्सार कार्यालय व्यवस्थापन लगायत विषयमा स्थलगत अनुगमन गर्न टोली सीमा क्षेत्र पुगेको प्रजिअ गणेशबहादुर अधिकारीले जानकारी दिनुभयो ।

    भौतिक पूर्वाधार तथा यातायातमन्त्री गच्छदारले जोमसोम–कोरला सडकखण्डको अनुगमन गर्नुभएको थियो । त्रियानब्बे किमी लामो उक्त सडकको स्तरोन्नतिका लागि सरकारले रु दुई अर्ब ३० करोड बजेट विनियोजन गरेको छ ।

    कोरलामा चीनको तयारीले नेपाललाई झक्झक्यायो

    nepaljapan 
    • Blogger Comments
    • Facebook Comments

    0 comments:

    Post a Comment

    Item Reviewed: लोमान्थाङमा सेनाको गुल्म बनाउन स्थानीयले दिए जग्गा Rating: 5 Reviewed By: Unknown
    Scroll to Top