728x90 AdSpace

  • Latest News

    Tuesday, July 12, 2016

    कुखुरा पालेर महिनामा दुई करोड आम्दानी


    असार २९, सिन्धुली: सिन्धुलीका वेरोजगार युवाले कुखुरापालन व्यवसायबाट मासिक दुई करोडभन्दा बढी आम्दानी लिने गरेका छन् । स्वरोजगारको सजिलो बाटो बनेको ब्रोइलर तथा लेयर्स कुखुरा पालन व्यवसायबाट उनीहरूले यस्तो आम्दानी गर्न थालेका हुन् ।
    सिन्धुलीमा अहिले करिब एक हजार जनाभन्दा बढी किसान व्यावसायिक रूपमा कुखुरा पालन गर्न थालेका छन् । उनीहरूले जिल्लामै खपत् भएको कुखुराको मासुबाट दुई करोड ६४ लाख रुपैयाँ मासिक आम्दानी गर्ने गरेका हुन् । विदेशमा हन्डर खाएर स्वदेश फर्किएका धेरै जसो युवा कुखुरा पालन व्यवसायमा लागेका छन् ।
    लाखौं रुपैयाँ खर्चेर विदेश जाने युवाले भने जस्तो पैसा कमाउन नसके पनि स्वदेशमै लगानी गर्दा मनग्य आम्दानी लिन सकिने भएपछि कुखुरा पालन व्यवसाय सुरु गरेको कमलामाई नगरपालिका नारायण मगरले बताए ।
    विदेशमा चार वर्षसम्म बस्दा केही गर्न नसकेपछि गाउँमै फर्केर १५ सय ब्रोइलर पाल्न थालेको उनको भनाइ छ । ‘अहिले सबै खर्च कटाएर मासिक एक लाख रुपैयाँसम्म आम्दानी गर्न थालेको छु । विदेश जाँदा लागेको ऋण तिर्न र घर खर्च चलाउन पुगेको छ' ,उनले भने । गाउँमा उनको जस्ता सयौंका संख्यामा रहेका युवाले दुई सयदेखि दुई हजार वटासम्म ब्रोइलर पाल्न थालेका छन् । थोरै लगानीमा पनि मनग्ये आम्दानी लिन सकिने भएको कारण किसान कुखुरा पालनतर्फ आर्षित भएका हुन् ।
    सिन्धुलीमा एक महिनामा कम्तीमा पनि एक लाख २० हजार किलो मासु उत्पादन हुने गरेको कुखुरा पालक कृषक संघ सिन्धुलीकी निरु श्रेष्ठले जानकार दिइन् । अहिले बजारमा प्रतिकिलो तीन सयमा ब्रोइलर कुखुराको मासु बिक्री हुन्छ ।
    सिन्धुलीमा मासिक २८ हजार ब्रोइलरको र २५ हजार लेयर्स कुखुराको चल्ला खपत हुने गरेको कमलामाई भेट सप्लायर्सका सञ्चालक ओमप्रकाश श्रेष्ठ वताउँछन् । यो सप्लायर्सबाट मात्र ६ सय जना व्यावसायिकले कुखुराका चल्ला लाने गरेको श्रेष्ठको भनाइ छ ।
    साउदी अरबबाट फर्केका भद्रकाली गाविस का भक्त बम्जन कुखुरा पालन व्यवसायबाट अहिले मासिक लाख रुपैयाँभन्दा बढी आम्दानी गर्ने गरेको बताउँछन् । उनले भने, ‘विदेशमा रातदिन काम गर्दा १० देखि १२ हजार कमाइ हुन्थ्यो, अहिले घरखेती गरेर पनि मनग्य आम्दानी गरेको छु ।' उनले दुई हजार ब्रोइलर पाल्दै आएका छन् ।
    सदरमुकाम मात्र नभएर ग्रामीण भेगमा पनि अहिले व्यावसायिक कुखुरा पालन हुन थालेको छ । डुडभञ्ज्याङ–७ ज्यामिरेका विष्णुहरी खड्काले पनि व्यापार गर्दै ब्रोइलर कुखुरा पालन गर्न थालेका छन् । उनले पनि कुखुराबाट महिना कम्तीमा पनि १० हजार आम्दानी हुने गरेको बताए ।
    सिन्धुली जिल्लामा हालसम्म झण्डै सात सय व्यवसायीले कुखुरा फार्म सञ्चालन गरेको कुखुरा पालक कृषक संघ सिन्धुलीले जनाएको छ ।
    सिन्धुलीमा एक महिनामा कम्तीमा पनि एक लाख २० हजार किलो कुखुराको मासु उत्पादन हुने गरेको छ ।-अन्नपूर्ण पोस्ट

    • Blogger Comments
    • Facebook Comments

    0 comments:

    Post a Comment

    Item Reviewed: कुखुरा पालेर महिनामा दुई करोड आम्दानी Rating: 5 Reviewed By: Unknown
    Scroll to Top