
एशोसियसनका अध्यक्ष डा लिजन महर्जन र सचिव डा सचित शर्माले विज्ञप्तीमार्फत डा केसीले उठाएका माग पुरा गर्न सरकारले कुनै पहल नगरको भन्दै आन्दोलनको गर्नुपरेको बताएका छन् ।
आज चेतावनीस्वरुप सम्पूर्ण रेजिडेन्ट डाक्टरहरुले कालोपट्टी बाँधेर काम गर्ने र सुनुवाई नभइमा चरणवद्ध आन्दोलनका कार्यक्रम घोषणा गर्ने एशोसियसनले जनाएको छ ।
यसैबिच नेपाल मान अधिकार संगठनले पनि डा केसीको अनशनमा ऐक्यबद्धता जनाएको छ । आज बिहान डा केसीलाई भेटी आफ्नो ऐक्यबद्धता जनाएको हो ।
डा केसी आइतबारदेखि टिचिङ्ग अस्पताल महाराजगन्जमा चिकित्सा शिक्षा र चिकित्सा क्षेत्र सुधारको माग राख्दै आठौँ पटक अनशन बसेका छन् ।swasthya khabar
0 comments:
Post a Comment