धेरै तौल उचाल्नुः ढाड दुख्नुको कारण धेरै तौल उचाल्नु पनि हो । त्यसैले धेरै तौल उचाल्दा शरिरलाई बिस्तारै झुकाएर उचाल्नुपर्छ ।
एकै ठाँउमा लामोसमय बस्नुः लामो समयसम्म एउटै पोजिसनमा बस्दा ढाडको समस्या उत्पन्न हुन्छ । उठ्दा भन्दा बसिरहँदा शरिरमा ४० प्रतिशत भार हुन्छ । हरेक एक घन्टामा १५ मिनेट उठ्नुपर्छ ।
लामो समय सवारी चलाउदाः लामो समयसम्म सवारी चलाउदा पनि ढाडमा असर पर्छ । गाडी चलाउदा ९० डिग्रीको कोणमा ढाडलाई सिधा पारेर चलाउनुपर्छ ।
अग्लो हिलः अग्लो हिल लगाउदा पनि ढाड दुख्छ । दुईटा उच्च हिलले पैतालालाई अस्थिर र खुट्टालाई असन्तुलित बनाइदिन्छ ।
नरम म्याट्रिसः धेरै नरम म्याट्रिसमा सुत्दा केही बेर आनन्द भए पनि यसले ढाड दुख्ने समस्या निम्त्याउछ ।
Swasthya khabar
0 comments:
Post a Comment