728x90 AdSpace

  • Latest News

    Sunday, July 17, 2016

    सर्प टोक्यो, डक्टरले मृत घोषित गर्यो, परिवारले गंगामा बगायो : १४ वर्षपछि जिउँदै फर्कियो

    सुन्दै अचम्म लाग्ने घटना संसारमा भएको छ । मानिसलाई यो घटना विश्वास गर्न मुश्किल पर्ने गर्छ तर यस्तो घटना भएको भने सत्य भने समाचारमा उल्लेख छ ।

    मरिसकेको मान्छे स्मृतिबाट समेत हराई सकेको अवस्था एकाएक १४ वर्षपछि मानिस फर्केर आएपछि परिवार सहित सारा गाउँ नै चकित भएका छन् । भारतको एक प्रान्तमा भएको घटना हो यो । उक्त व्यक्तिको नाम रहेको छ छत्रपाल । उनको बाबुको नाम नन्थुलाल । १४ वर्षपछि छत्रलाल जिउँदै फर्केर आएपछि छत्रलाल एकाएक गाउँको सेलिब्रेटी भएका छन् ।sarpa

    खास घटना यस्तो भएको थियोः
    घटना १४ वर्ष पहिले २००३ को हो । त्यतिबेला छत्रपाल आफ्नो बुवासँग खेतमा काम गरिरहेका थिए । त्यही काम गर्ने क्रममा उनलाई एक विशालु शर्पले डस्यो । शर्पको विष तिव्रगतिमा उसको शरीरमा फैलन थाल्यो । उनलाई तुरुन्तै स्थानीय अस्पालमा लगियो । तर त्यतिन्जेल धेरै ढिला भइसकेको थियो । डाक्टरले मृत घोषित गरिदियो । परिवारले शव लिएर घर आयो र उसको मृत्यु संकार सुरु ग¥यो । हिन्दु धार्मिक परम्परामा उक्त स्थानमा शर्पले डसेर मरेको मानिसलाई पवित्र मानिस भनिन्छ र सोही अनुरुप उनलाई नजलाईकन नदीमा बगाईदियो ।

    छत्रपाललाई नदीमा बगाईदिएपछि उनका परिवार घर फर्कियो । छत्रपाल नदीमा बग्दै बग्दै गयो । निकै तर पुगेपछि उनलाई हरि सिंह नाम गरेको एक व्यक्तिले नदी बाहिर निकालेर शर्पको बिष सबै निकालिदिए । हरि सिंह सपेरे( सर्प नचाउने मान्छे) थिए । निकै समयपछि छत्रपाल होस्मा आए र उनै हरिसिंहसँग बस्न थाले ।

    सपेरे हरी सिंहले शर्पको विष निकाल्ने मन्त्र आफ्नो गुरुबाट पाएको बताएका छन् । उनीपनि एक पटक मरेर बाँचेका व्यक्ति हुन् । उनलाई पनि मरे भनेर गंगामा बगाईदिइएको थियो । उनी पनि बग्दै बग्दै बग्गाल पुगेका थिए । उनलाई गुरुले देखेपछि उनको उद्धार भएको थियो । यसरी कसैलाई बजाएपछि १४ वर्षसम्म आफूसँगै शिष्य बनेर बस्नुपर्ने उनको गुरुले सिकाएका कारण आफूले यतिका वर्ष आफूसँगै राखेको समाचारमा उल्लेख छ ।khabardabali
    एजेन्सी

    • Blogger Comments
    • Facebook Comments

    0 comments:

    Post a Comment

    Item Reviewed: सर्प टोक्यो, डक्टरले मृत घोषित गर्यो, परिवारले गंगामा बगायो : १४ वर्षपछि जिउँदै फर्कियो Rating: 5 Reviewed By: Unknown
    Scroll to Top