728x90 AdSpace

  • Latest News

    Tuesday, July 12, 2016

    इटलीमा रेल दुर्घटना, २३ जनाको मृत्यु

    काठमाडौं, असार २९ । इटलीमा दुई वटा रेल आपसमा ठोक्किँदा भएको दुर्घटनामा २३ जनाको मृत्यु भएको छ ।

    तटीय शहर बारलेटा र बारीको बीचमा दुई वटा रेल आपसमा ठोक्किँदा भएको दुर्घटनामा धेरै घाइतेसमेत भएका छन् ।

    रेल जुध्दा घाइते भएकाहरुको उद्दार गरी हेलिकोप्टरबाट उपचारका लागि अस्पताल लगिएको छ । घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेको बताइएको छ ।

    आन्द्रिया र कोराटोबाट तिव्र गतिमा आइरहेका रेल आपसमा ठोक्किएका हुन् ।

    कोराटोका मेयर मेसिमो मजिलीले विमान दुर्घटना भए बराबरकै क्षति भएको बताउनुभएको छ । इटलीका प्रधानमन्त्री मेजियो रेन्जीले घटनाबारे छानबिन गर्न आदेश दिएका छन् । (एजेन्सी)


    • Blogger Comments
    • Facebook Comments

    0 comments:

    Post a Comment

    Item Reviewed: इटलीमा रेल दुर्घटना, २३ जनाको मृत्यु Rating: 5 Reviewed By: Unknown
    Scroll to Top